शर्तसहित दोलखामा लकडाउन खुकुलो

शर्तसहित दोलखामा लकडाउन खुकुलो

दोलखा : विभिन्न सर्तसहित दोलखामा लकडाउन खुकुलो गरिएको छ। जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विशेष स्वास्थ्य सुरक्षा अपनाउने शर्तसहित भदौ २२ गतेसम्म लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो।

दुई पांग्रे सवारी साधनबाहेक सबै प्रकारका चारपाँग्रे तथा सार्वजनिक यातायात संचालनमा निषेध गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। जिल्ला भित्रका सम्पूर्ण शैक्षिक संस्था तथा विद्यालयहरु, सबैप्रकारका भेला तथा समारोह, मन्दिरको नित्यपूजा बाहेकका दर्शनार्थिहरु, शैलुन तथा व्यटिपार्लरहरु र सिंगटी तथा आसपासका क्षेत्रको सरकारी तथा गैरसरकारी कार्यालय, बजार र पसलहरु सञ्चालनमा पूर्ण निषेध गरिएको प्रजिअ शर्माले बताए।

जनस्वास्थ्यका न्यूनतम मापदण्डको शर्तसहित जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाहरुको सेवा सुचारु गरिने भएको छ। सिंगटी र आसपासका बजार पसलबाहेक सदरमुकाम तथा अन्य क्षेत्रका बजार पसलहरु बेलुकी ८ बजेसम्म, विकास निर्माण, जलविद्युत आयोजना लगायत उद्योग कलकारखानाहरुमा स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्न दिने निर्णय भएको उनको भनाई छ। यस्तै होटल तथा रेष्टुरेन्टहरु सामान किनेर लैजाने (टेक अवे) सेवा मात्र संचालन गर्न दिइनेछ।

सिंगटीमा निषेधाज्ञा अझै कायमै
उत्तरी दोलखाको ३ स्थानीय तहको मूख्य व्यापारिक नाका सिंगटीमा भने निषेधाज्ञा कायम रहेको प्रजिअ शर्माले जानकारी दिए। यसअघि सो क्षेत्रमा सबैभन्दा बढी कोरोना संक्रमित पुष्टि भएको कारण २२ गतेसम्मको लागि सिंगटी क्षेत्रमा दुईपांग्रे सवारी साधनसमेतलाई निषेध गरिएको प्रजिअ शर्माले जनाए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.