कमसल सामग्री प्रयोग

कमसल सामग्री प्रयोग

परासी : पश्चिम नवलपरासीको जिल्ला सदरमुकाम परासीमा भइरहेको सडक निर्माणको काम गुणस्तरहीन भएको पाइएको छ। पटक पटक गुणस्तरहीन काम हुँदै आएपछि स्थानीयले विरोध गर्दै आएका छन्। लकडाउनपछि पुनः सुरु गरिएको सडकको काममा पनि गुणस्तरहीन भएको पाइएपछि स्थानीयले विरोध गर्न थालेका हुन्।

जिल्ला सदरमुकामको निलो गेटदेखि बुद्धचोकसम्म डेढ किमि सडक फोर लेन हुँदै छ। तीन वर्ष अघिबाट सुरु गरिएको काम अझै सम्पन्न हुन सकेको छैन। तीन पटकसम्म म्याद थप गरिएको छ। निर्माणका क्रममा सडकको काम अधुरै छाड्दा सदरमुकामकै अवस्था दयनीय देखिएको छ। सडकमा परेका खाल्डा खुल्डीसमेत नपुर्दा सवारीसाधन आवतजावतमा कठिनाई भएको छ। निर्माण सामग्री सडक छेउमा लथालिङ छाडिएको छ। पैदल हिँड्ने स्थानमा खनेर छाडेको काम पनि अधुरै छाड्दा पैदल यात्रुलाई समेत सास्ती भएको छ।

सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले सडक निर्माणको काम सुरु गरेको हो। अहिले सडकको टिक ड्रोनको सोलिङको काम भइरहेको छ। त्यसमा प्रयोग भएका इँटा र अन्य सामग्री गुणस्तरहीन भएको पाइएपछि स्थानीयले विरोध गरेका हुन्। सडक निर्माणका लागि महालक्ष्मी सुनकोशी वल्र्ड वाइज जेभी काठमाडौंले कुल १५ करोड ९७ लाखमा ठेक्का लिएको छ।

गुणस्तरहीन इँटा प्रयोगबारे फिल्डमा रहेका निर्माण कम्पनीका ओभरसियर फकरी आलमले उद्योगबाट पठाउँदा केही कमसल पठाएको स्वीकार गरे। कमसल इट्टा नै प्रयोग गरेर ड्रेनको काम गरिएको छ। ‘लकडाउनका कारण धेरै उद्योगमा इँटा थिएन। भएका उद्योगबाट १ नं. नै माग गरेका हौं। केही कमसल पठाएछन्। त्यसलाई चेन्ज गरेर राम्रो इट्टा राख्छौं’, आलमले भने।

सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनका इन्जिनियर माधव कटुवालले केही इँटा कमसल रहेको गुनासो आएकाले फिल्डमा खटिएका प्राविधिकसँग त्यसलाई हटाएर १ नं. इँटा प्रयोग गर्न लगाइएको बताए।

डिभिजन कार्यालयबाट भएको निर्माण कार्यको स्थानीय स्तरमा अनुगमन र सहजीकरण गर्न रामग्राम नगरपालिकालाई पनि जिम्मेवारी दिइएको छ। तर, नगरपालिकाले वास्ता नगर्दा स्थानीय आफैंले विरोध गर्नुपरेको गुनासो छ। पटक पटक गुणस्तरहीन काम भइरहे पनि सम्बन्धित निकायले वास्ता नगर्दा स्थानीय नै विरोधमा उत्रिनु परेको स्थानीय युवा रामभवन यादवले बताए। ‘कमिसनको चक्करमा जहिले पनि गुणस्तहीन सामग्री प्रयोग हुन्छ। कसैलाई भने पनि सुनुवाई हुँदैन’, यादवले भने।

सडक निर्माण कार्यका लागि नगरपालिकालाई समन्वय तथा सहजीकरण समितिमा राखिएको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए। गुणस्तरहीन काम भएको पाइएमा तत्काल रोक्न लगाइने उनले बताए।

दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने शर्तमा २०७४ असार २९ गते कम्पनीले सडक निर्माणको सम्झौता गरेको थियो। समयमा काम सम्पन्न गर्न नसकेपछि ३ पटकसम्म म्याद थप गरिएको छ। पछिल्लोपटक कोरोना संक्रमणको कारण देखाउँदै २०७७ पुस मसान्तभित्र काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको डिभिजन कार्यालय चितवनका इन्जिनियर कटुवालले जानकारी दिए। दुवैतर्फ सडकको चौडाइ १ सय फिट (३०.५ मिटर) छ। जसमा नाली, फुटपात, डिभाइडर, हरियाली क्षेत्र, सोलार, कर्व स्टोन, टिक ड्रेनलगायत संरचना निर्माण हुनेछन्। निर्माण कार्यअन्तर्गत अहिलेसम्म ७५ प्रतिशत काम सकिएको इन्जिनियर कटुवालले जानकारी दिए। सम्पन्न हुन बाँकी काममा कालोपत्रे, सडक पेटी रङरोगन, पेन्टिङ र टिक ड्र्ेन निर्माण छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.