कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु
चितवन : चितवन मेडिकल कलेजमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको मंगलबार बिहान करिब तीन बजे मत्यु भएको हो।
उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए। उनलाई कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि सघन कक्ष (आइसीयू) मा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।