बेपत्ता पूर्वराजदूत मोरिसको शव फेला

बेपत्ता पूर्वराजदूत मोरिसको शव फेला

लण्डन : बेपत्ता भएको झण्डै चार महिनापछि नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । गत मे ६ देखि बेपत्ता मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले सोमबार उनको शव एलिस होल्ट जंगलमा फेला पारेको बताएको छ ।शवको औपचारिक सनाखत प्रक्रिया पूरा भइनसके पनि प्रहरीले उनको परिवारलाई अवगत गराइसकेको छ ।

प्रहरीले मोरिसको मृत्युलाई शंकास्पद मानेको छैन् । बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान मोर्निङ वाकमा निस्केपछि बेपत्ता भएका थिए ।

उनी बेपत्ता भएपछि बेलायती प्रहरीले व्यापक खोजी अभियान चलाएपनि उनको बारेमा पत्ता लगाउन सकेको थिएन ।  स्थानीय जंगल, नदी किनारामा व्यापक खोजी गरेको प्रहरीले छरछिमेकका वासिन्दाका घरका बगैंचा, भण्डार गृह, शेड देखि स्थानीयहरुबाट सीसीटिभी फुटेजसम्म जुटाएर खोजीको प्रयास गरेको थियो । मोरिसको परिवारमा श्रीमती र तीनजना छोराछोरी छन्।

नेपालका असल मित्र थिए मोरिस

मोरिसले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा बेलायती राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । ब्रिटिश सरकारले उनलाई फिजी गणतन्त्रका लागि जुलाइ महिनादेखि कार्यभार सम्हाल्ने गरि उच्चायुक्त तोकेको थियो ।

स्वर्गीय रिचर्ड मोरिसलाई बेलायती सञ्चारमाध्यमहरुले टप ब्रिटिश डिप्लोम्याट ( बेलायती उच्च कूटनीतिज्ञ) भनेका छन् ।  सन् २०१५ मा नेपालको राजदूत नियुक्त हुनुअघि पनि उनले बेलायत सरकारका महत्वपुर्ण जिम्मेवारीहरु सम्हालिसकेका थिए । 

बेलायती विदेश मन्त्रालयको प्यासिफिक मामिला हेर्ने विभागको प्रमुखका रुपमा काम गरेका उनले अष्ट्रेलियामा कन्सुलर जनरलको भूमिका पनि निभाएका थिए । चार वर्ष नेपालको लागि बेलायती राजदूतको जिम्मेवारीमा रहँदा स्वर्गीय मोरिसले नेपाल र नेपालीहरुसँग घनिष्ठ सम्बन्ध बनाएका थिए । नेपाललाई औधि माया गर्ने उनले महाभूकम्पपछि बेलायती राजकुमार हयारीको नेपाल भ्रमण संयोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।

विशेष गरि ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स ( बिएनसिसी) प्रतिनिधिसंग निकट थिए मोरिस । नेपाल र बेलायतबीचको लगानी तथा व्यापार प्रवद्र्धनका लागि कैयौं प्रोजेक्टमा उनीसंग सहकार्य गरेका बिएनसिसीका निवर्तमान अध्यक्ष राजन कंडेलले मोरिसलाई नेपालका एक असल मित्रका रुपमा सम्झिन्छन् । 

अहिलेसम्म बेलायतबाट नेपाल गएका बेलायती राजदूतहरुमध्येकै उत्कृष्ट थिए रिचर्ड । नेपाललाई साँच्चीकै माया गर्ने एक असल मित्र, कँडेलले भने,' उनको निधन बेलायत र नेपाल दुवै देशका लागि ठूलो क्षति हो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.