दसैंको किनमेल : फुटपाथमा भिडभाड, मलमा फाट्टफुट्ट

दसैंको किनमेल : फुटपाथमा भिडभाड, मलमा फाट्टफुट्ट
तस्बिर : सुनिता डंगोल

हुँदा खानेहरू फुटपाथ बजारतिर, हुनेखानेहरू मल र सुपर मार्केटमा किनमेल गरिरहेका छन्।

काठमाडौं : दसैं। पर्वहरूको पनि महान् पर्व। दसैंमा विशेष तयारीका साथ जोरजाम गरिन्छ। परिवार वा सामुदायिक स्तरमा योजना बनाएरै लत्ताकपडा, खानपान, पूजाआजाका सरसमानहरू खरिद गरिन्छन्।

पहिलापहिला बजारहरूमा दसैंको किनमेल भयंकर हुन्थ्यो। थेगिनसक्नु भिडभाड हुन्थ्यो। दसैं बजारमा बिक्रेतादेखि उपभोक्तासम्मलाई भ्याइँनभ्याइ हुन्थ्यो। तर, अब पहिला जस्तो रहेन माहोल। बजारमा उपभोक्ताहरू दुई कित्तामा बाँडिएका छन्,— हुँदा खानेहरू फुटपाथ बजारतिर, हुनेखानेहरू मल र सुपर मार्केटभित्र। गरिबगुरुवा र सामान्य आय भएका उपभोक्ताहरूको भिड ससाना पसल बजारमा छ। 

गरिबको सदाबहार बजार फुटपाथ

धादिङका कुमार श्रेष्ठ काठमाडौंको गैरीगाउँ नजिकैको पेट्रोल पम्पस्थित चट्पटे बिक्री गर्छन्। उनी दसैंका लागि किनमेल गर्ने तयारीमा छन्। लुगाफाटो, खाद्यान्नलगायतका सामाग्री किन्न पैसा जुटाइरहेका छन्। उनी यसपालिको किनमेल फुटपाथ र बजारमा गर्ने सोचमा छन्।

‘मलमा भन्दा फुटपाथ बजारमा सरसमान सस्तो हुन्छन्, हामी गरिब तथा निम्न वर्गका लागि फुटपाथ नै सदाबहार बजार हो’, उनी भन्छन्, ‘अलि बढी गुणस्तरीय सरसामान मलकै होला सायद। गरिखानेहरूलाई फुटपाथको सरसमान नै प्यारो हुन्छ। थैरै पैसामा पनि किनमेल हुन्छ। दसैंको रहर मेटाउने त हो नि। जसोतसो मेटिहाल्छ।’ 

पुस्ता पिच्छे फरक रोजाइ
भक्तपुर ठिमीका बुद्धराम श्रेष्ठको परिवारमा दसैंको जोरजाम फरक ढंगले भइरहेको छ। नयाँ पुस्ता र पुराना पुस्ताले आफ्नो रोजाइअनुसार किनमेल गरिरहेका हुन्। नयाँ पुस्ताको किनमेल सुपर मार्केट, मलमा भइरहेको छ। जहाँ उनका छोराछोरी नातिनातिनाहरू जान्छन्। उनी भन्छन्, ‘उनीहरूलाई त्यहाँ रमाइलो हुन्छन्। मलमा थरीथरीका खाने कुराहरू पाउँछन्, लुगाफाटो किन्न मन पराउँछन्। खेल्ने ठाउँहरू हुन्छ। हामी बुढापाकाका लागि स्थानीय बजार नै प्यारो लाग्छ।’ 

परिवारका अन्य सदस्यले दसैंमा नयाँ लुगाफाटो किन्ने तयारीमा भए पनि बुद्धराम भने यसपालिकाको दसैंमा नयाँ लुगा नकिन्ने बताउँछन्। ‘पूजाका लागि भाले चाहिएको छ। अरू मासु बजारबाट किन्छु’, उनी भन्छन्, ‘मैले दसैंमा कहिले पनि नयाँ लुगा किन्दिनँ। अरू बेला फुर्सदमै लुगाफाटो किनेको हुन्छु। त्यसैबाट यसपालिको दसैं मनाउँछौं।’

‘बजारभन्दा सुपर मार्केट महँगो’
काभ्रेका सागरनाथ भट्टराईलाई ठूला मल र सुपर मार्केटभन्दा मझौला खालको पसलहरूमा किनमेल गर्न मनपर्छ। ब्रान्डको नाममा बजारभन्दा ठूला मलमा समानको मूल्य दोब्बर हुने गरेको उनको दाबी छ। त्यसैले उनी यसपालिको दसैंको किनमेलका लागि मध्यम पसलहरूमा जाने सोच बनाएका छन्। 

उनी भन्छन्, ‘पहिला पहिला प्रायः सुपर मार्केटहरूमा सपिङ गर्थें। अहिले सरसामानहरूको क्वालिटी र मूल्यलाई तुलना गर्ने अवस्थामा छु। त्यसैले मध्यम खालको पसलमा किनमेल गर्ने सोचमा छु।’

उनका अनुसार मल र सुपर मार्केटले ठूला ब्रान्डको नाम कपी गर्न थालेको छ। ठूलो सुपर मार्केटमा किन्ने कपडा र सानो पसलहरूका किन्ने कपडाहरूमा खासै अन्तर छैन। बजारभन्दा सुपर मार्केटहरूमा सामानको मूल्य लगभग दोब्बर हुन्छ। उनी भन्छन्, ‘सामानहरू नक्कली पर्न सक्छ तर, सुपर मार्केटमा पैसा भने महँगो तिर्नुपर्ने हुन्छ। फुटपाथमा दुई हजारमा आउने सामान सुपर मार्केट पुग्दा चार हजार पर्छ।’ ब्रान्डको कपी, कोरोना महामारीले अर्थतन्त्रमा आएको गिरावट, आयआर्जनमा आएको कमीले सुपर मार्केट र मलका ५० प्रतिशत ग्राहकहरू मझौला खालको पसलमा दसैंको किन मेल गर्न पुगिरहेको उनी बताउँछन्।

समय र पहुँचले किनमेलमा प्रभाव

रामेछापका विक्रम थापाले दसैैंको किनमेल गरिसकेका छन्। कामको व्यस्तताले उनी चाँडै किनमेल गरेका हुन्। उनले मलमा किनमेल गरेको सुनाए। बाहिर पाउने सामान र मलमा पाइने सामानको मूल्यमा खासै अन्तर नरेको उनी बताउँछन्।

‘सरसामानहरू बाहिर किन्दा धेरै सस्तो अनि मलहरूमा खरिद गर्दा धेरै महँगो हुन्छ भन्ने एउटा बुझाइ छ। त्यसमा धेरै सत्यता छैन’, उनी भन्छन्, ‘समय र स्थानले किनमेलमा फरक पार्छ। सबै ठाउँमा मल र सुपर मार्केट हुँदैन। अर्कोतर्फ सबै मान्छेलाई बजारमा गएर किनमेल गर्ने समय पनि हुँदैन। यो नभए पनि जहाँ पनि खरिद गर्नुपर्ने हुन्छ।’ तर, क्वालिटीको सामान ठूला मलहरूमा पाइने गरेको उनको बुझाइ छ। 

उनका अनुसार दसैंलक्षित किनमेल उपभोक्ताको पहुँचका आधारमा हुन्छन्। अलि पैसा हुने मान्छेहरू आजभोलि किनमेल गर्न मलतिरै जान्छन्। त्यहाँ सहज रूपमा किनमेल हुन्छन्। सबै सामानहरू एकै ठाउँ पाइन्छ। भिडभाड पनि त्यति हुँदैन। दैनिक ज्यालादारी गर्ने, निम्न आय भएका अरूले साझबिहान फुटपाथमा सरसामान किन्छन्।

nullबजारभन्दा मल र सुपर मार्केट व्यवस्थित हुन्छ। त्यहाँ सबै सुविधा र सुरक्षाको प्रबन्ध हुन्छ। उनी भन्छन्, ‘चाडपर्वका बेला बजारहरूमा भिडभाड हुँदा उपभोक्ताका गरगहनाहरू लुटपाट हुने, पकेटकारी हुने जोखिम हुन्छ। तर, मल र सुपर मार्केटहरू सुरक्षाको दृष्टिकोणले अलि राम्रो मानिन्छ ।’

ओखढुंगाका रामकुमार कार्कीले दसैंको किनमेल गर्न मलतिर जाने तरखरमा छन्। मल कस्तो हुन्छ ? के—कस्ता सरसमानहरू पाइन्छ ? यस्ता प्रश्नको उत्तर खोज्दै उनी सुपर मार्केट वा मलमा जाने भएका छन्। उनी भन्छन्, ‘मलमा सबै सरसमानहरू एकै स्थानमा पाइन्छ। साना बजारमा सबै कुरा एकै ठाउँमा पाइँदैन।’ किनमेल गर्न मलमै जानुपर्ने कारण बारे उनी थप्छन्, ‘बजारमा सरसामानहरू महँगो हुन्छ। फिक्स रेट हुँदैन। मुख हेरेर पसलले सामानको मूल्य तोक्छन्। तर मलहरूमा यसो हुँदैन।’

‘सामान किन्नलाई दाम चाहियो’
दसैं आए पनि उपभोक्ताको खल्तीमा सामान किन्ने प्रशस्त पैसा छैन। आम्दानी पनि पहिला जस्तो नभएर दसैंमा पनि बजार सुनसान रहेको एस के सप्लायर्स भक्तपुरका सुजन अधिकारी बताउँछन्। ‘सामान किन्नलाई दाम चाहियो। दाम भए पो भाटभटेनी र सुपरमार्केट जान्छन्’, उनी भन्छन्, ‘अहिले त सामान्य र पोहोरकै लुगाफाटोबाट दसैं मान्ने अवस्था छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.