स्वास्थ्यकर्मीलाई निःशुल्क बस सेवा

स्वास्थ्यकर्मीलाई निःशुल्क बस सेवा

काठमाडौं : उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । नेपाल स्काउट, चिकित्सक संघ र हिसानको सहकार्यमा बस सञ्चालन गरिएको हो ।  पछिल्लो समय कोरोना संक्रमण को संख्या अत्याधिक बढेको र करिब २ सातादेखि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीका लागि अस्पताल आवतजावत गर्न निःशुल्क बस सेवा सुरु गरिएको हो । 

स्वास्थ्यकर्मीको यातायात सहजताका लागि निःशुल्क बससेवा सुरु गरिएको नेपाल स्काउटका राष्ट्रीय संयोजक तथा हिसानका महासचिब लोक बहादुर भण्डारीले जानकारी दिए । बस सञ्चालनका लागि स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग छलफल भएको थियो । ढकालले समेत अभियानको प्रशंसा गरेपछि अभियान अघि बढाइएको हो । अभियानमा नेपाल नेशनल अस्पताल कलङ्की, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्सको पनि सहकार्य छ । भण्डारीका अनुसार सोमबारदेखि बस सञ्चालन गरिएको हो । सेवा निःशुल्क हो । 

सवारी साधनका कारण स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मीमा कुनै बाधा नपरोस भनेर निःशुल्क बससेवा सुरु गरिएको हो । सुरुमा ३ वटा बसले सेवा दिएका छन् । आवश्यकताका आधारमा बस थपिने भण्डारीले बताए । 

सबै बसहरुमा स्काउटका स्वयमसेवकहरू  परिचालित भइरहेका छन् । बस बिहान ६:३० बजेदेखि ८ :३० बजेसम्म र साँझ ५ :३० बजेदेखि ७ :३० बजेसम्म संचालनमा आउनेछन् । यी बसहरुले अस्पताल क्षेत्रको रुटबाट सेवा सुरु गर्नेछन् । बाँसबारीबाट सुरु हुने बस टिचिङ, कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म पुग्नेछन् । यस्तै दोस्रो बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै पुनः बाँसबारीसम्म चल्नेछ । यसैगरी तेस्रो बसले बस चक्रपथ परिक्रमा गर्नेछ ।

बसबारे आवश्यक जानकारी लिनु परेमा वा केही समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत सम्बन्धित संस्थाहरुले स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । यस किसिमको बस सेवाले स्वास्थ्यकर्मीले ठूलो राहतको अनुभव गरेको अभियानकर्मीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.