बालिका करणीको आरोपमा युवा पक्राउ
जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा एक १५ वर्षिया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार रुकुम जिल्ला पुथा उत्तरगंगा गाउँपालिका-१ विरगुम घर भई हाल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका-१ बस्ने २७ वर्षीय टेकप्रसाद सुनार पक्राउ परेका हुन् । उनले बालिकालाई ललाइफकाइ करणी गरेको आरोप लगाइएको छ।
पीडित पक्षको जाहेरीपछि प्रहरीले गत श्रावण ९ गते युवालाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएइको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार घटनाकी पीडित बालिका पनि जिल्ला बाहिरक हुन् । पीडित र पीडक पक्ष दुवै जना कामको सिलसिलामा मुस्ताङ आएका थिए ।