कालिकोटमा एकै वडामा २० जनामा संक्रमण

कालिकोटमा एकै वडामा २० जनामा संक्रमण

कालिकोट :  कालिकोटमा एउटै वडाका २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार जिल्लाको तिलागुफा नगरपालिका वडा नं. २ रताडाका स्थानीय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

एक हप्ता अगाडी तिलागुफा नगरपालिका वडा नं. १ नाग्म बजारमा ८ जना स्थानीयमा कोरोनाको संक्रमण देखियो। यही भदौ ५ गते राती १२ बजेदेखि जिल्लाभर गरिएको निषेधाज्ञा १३ गते राती १२ बजे हटाइयो। तर तिलागुफा नगरपालिकाको वडा नं. १, २ र ३ मा निषेधाज्ञा जारी थियो। त्यहाँ पनि नाम मात्रको निषेधाज्ञा हुनु र स्थानीय मष्टो देवताका पूजामा मानिसको भीड लाग्नु, नाग्म बजारमा सामान किन्न जाने आउने गर्ने लगायतका कारणले तिलागुफा नगरपालिकामा समुदाय स्तरमै कोरोना फैलिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतले बताए। 

उनका अनुसार तिलागुफा नगरपालिका वडा नं २ मा ६६ जनाको स्वाब नमुना संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो। जसमध्ये २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार नाग्म बजारमा पहिरो खस्यो। १० जनाको ज्यान गयो। त्यहाँ पनि उद्धार तथा अन्य कामले मानिसको भीड भयो। जसका कारण कोरोनाको जोखिम बढ्दै गएको छ। स्थानीय स्तरमा भदौ महिनामा मष्टो देवताका मन्दीरमा पूजा र मेलाका कारण पनि कोरोनाको जोखिम बढाएको छ। 

 
कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले स्थानीय तहको लापरबाहीका कारण कोरोना जोखिम बढ्दै गएको बताए। उनले तिलागुफाको एउटै वडामा २० जनामा कोरोना पुष्टि भएपछि कालिकोटमा पनि कोरोनाको महामारीको जोखिम उच्च रहेको बताए। उनले भने, 'प्रशासनले बाराम्बार स्थानीय तहलाई स्थानीय स्तरमा मानिसहरुको भीड लाग्न नदिन, पूजापाठ, मेला पर्व नमनाउन परिपत्र गरेका थियौँ। गाँउमा मानिस देउताका पैठ भनेर भीड हुन थाले। जसका कारण कोरोनाको संक्रमण ह्वात्तै बढेको छ।' उनले बुधबार बेलुका ४ बजे जिल्लाका ९ वटै स्थानीय ततहका जनप्रतिनिधि सहित जिल्ला कोभिड १९ रोकथाम व्यवस्थापन केन्द्रको आपतकालीन बैठक बोलाइएको बताए। त्यसबाट जिल्लामा कोरोनाको संक्रमण बढेन निदिन थप निर्णय गरिने उनको भनाइ छ। 
    
जिल्लामा हालसम्म समुदाय स्तरमै २८ जनामा कोरोनाको पुष्टि भइसकेको छ। स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार जिल्लामा हालसम्म विदेशबाट आएका ७४ जना र २८ जना स्थानीयमा गरी १ सय २ जनामा कोरोना पुष्टि भएको छ। जसमा ६८ जनाले कोरोना जितेर घर फर्किएका छन्। ३ जनालाई जुम्ला पठाइएको छ भने ३१ जनालाई जिल्लाका विभिन्न स्थानमा रहेका आइसोलेसनमा भर्ना गरिएको छ। जिल्लामा हालसम्म ५ हजार ५ सय ६३ जनाको स्वाब संकलन गरिएकोमा १ सय ६ जनाको नतिजा आउन बाँकी नै छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.