६५६ अटो रिक्सा चालकको स्वाब संकलन

६५६ अटो रिक्सा चालकको स्वाब संकलन

झापा : बिर्तामोडमा ६ सय ५६ जनाको स्वाबको नमुना संकलन गरिएको छ। बिर्तामोड नगरपालिकाले एकैदिन सिटी तथा टेम्पो चालकहरुको स्वाबको नमुना संकलन गरिएको नगरका स्वास्थ्य संयोजक ओमबहादुर खड्काले बताए।

टेम्पो चालकहरुमा धेरै जोखिममा देखिएको हुनाले र उनीहरु मार्फतनै संक्रमण बढ्न सक्ने भएकाले पीसिआर टेष्टका लागि स्वाब संकलन गरिएको विर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए। टेम्पो तथा सिटी रिक्सा चालकहरुका कारण विर्तामोड आवतजावत गर्ने मानिसहरु पनि जोखिममा थिए। शिवाकोटीले भने, ‘अन्य क्षेत्रभन्दा पनि अटो रिक्सा जो कोहिको पहुँचमा हुने र जहाँ पनि पुग्ने भएकोले पीसिआर टेष्ट अनिवार्य ठानेर नगरले नै गराएको हो।’

मंगलबार र बुधबार गरेर लिइएको स्वाबको रिपोर्ट आएपछि मात्र चालकहरुले त्यही पीसीआर रिपोर्ट देखाएर मात्र ट्याम्पो र अटो चलाउन पाउने छन्। शिवाकोटीले भने, ‘गत बिहीबारबाटै नगरभित्र पीसिआर रिपोर्ट नआइञ्जेल कुनै पनि अटो सञ्चालनमा आउन दिएका छैनौँ। पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र अटो सञ्चालनमा ल्याइने छ।’

बिरामी बोकेर अन्य स्थानीय तहबाट आएका अटो रिक्साले विर्तामोड नगरप्रवेश गर्ने ठाउँसम्म मात्र बिरामी ल्याउन पाउने छन्। उक्त स्थानबाट बिरामीको हकमा नगरपालिकाको एम्बुलेन्सले निःशुल्क बिरामी अस्पतालसम्म लानेसमेत व्यवस्था गरिएको नगरप्रमुख शिवाकोटीले जानकारी दिए।

नगरको आग्रहलाई बेवास्ता गरी पीसिआर रिपोर्ट नआइकनै अटोचलाउने चालक र अटोरिक्सा चढ्ने यात्रुलाई १ हजार रुपैयाँ जरिवाना गरिने झापाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.