कोरोनाले प्यूठानका एक वृद्धको बुटवलमा मृत्यु
प्यूठान : कोरोना संक्रमणले प्यूठानका एक वृद्धको बुटवलमा मृत्यु भएको छ। स्वर्गद्धारी नगरपालिकाका ७ का ५८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ।
निमोनियाको बिरामी भएका उनलाई उपचारका लागि गौतमबुद्ध मुटु अस्पताल बुटवलमा भर्ना गरिएको थियो। एक साता अघिदेखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
उपचारकै क्रममा कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुस्कलप्रसाद श्रेष्ठले जानकारी दिए।