आन्तरिक घुमघाममा मुस्ताङी मस्त

आन्तरिक घुमघाममा मुस्ताङी मस्त

जोमसोम : धार्मिक तथा पर्यटकीय हिमालपारीको जिल्ला मुस्ताङको पर्यटनक्षेत्र विश्वव्यापी महामारीको रुपमा उत्पन्न कोभिड-१९ को प्रभावका कारण विगत ६ महिना अघिबाट पुरै ठप्प छ । गत वर्ष हिउँदयामपछि बशन्तऋतुको आगमनसँगै पर्यटकको गुल्जार हुने मुस्ताङ यसवर्ष भने कोरोनाकै कारण सुन्यता छाएको हो ।

विगत वर्षहरुमा यही समय मुस्ताङ घुम्ने पर्यटकले तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्मका साना-ठूला होटलहरु पर्यटकले खचाखच भरिन्थ्यो । त्यस समय मुस्ताङलेनै थेग्न नसक्ने गरी पर्यटक जिल्लामा ओइरिन्थे । यहाँका सबैखाले पर्यटन व्यवसायलाई पाउना उम्काउन सास फेर्ने समेत फुर्सद मिल्दैनथ्यो । 

सडकमार्गबाट दिनहुँ सयौं पर्यटक आउँथे भने हवाईसेवा मार्फत पनि दैनिक २ सय देखि ३ सय पर्यटक मुस्ताङ भित्रिन्थे ।बर्खायाम लागेपछि दैनिक १२ देखि १८ पटकसम्म हवाइ उडान हुन्थ्यो । पछिल्लो समय  मुस्ताङ आउजाउ गर्न सडकसञ्जाल सहज भएपछि मुस्ताङमा पर्यटकको फलो बर्सेनि वृद्धि भइरहेको थियो । पर्यटकको आमगनदर वृद्धिसँगै जिल्लामा नयाँ आधुनिक होटल सञ्चालन गर्ने संख्या बढ्यो ।

मुस्ताङमा पर्यटनको गुल्जार हुदाँ  यहाँका व्यवसायीलाई मात्र फाइदा हुने थिएन ,जिल्लामा उत्पादिक कृषिजन्य वस्तु स्याउ ,खुर्पानी,ओखर ,चिचि, नासपाती ,रायो साग ,बन्दा ,च्याउ समेत उक्तिकै बिक्थ्यो । त्यतिमात्र होईन फलफूल तथा तरकारी प्रशोधनका विभिन्न भेराईटी समेत यहाँ पर्यटकले कोशेलीको रुपमा खरित्थे । तर ,यसपटक भने कोरोना कहरकै कारण मुस्ताङीले त्यो फाईदा लिने अवसरबाट चुक्न पुगे ।

सधैभरी पर्यटक पखाईमा बस्ने मुस्ताङका पर्यटन व्यवसायी कोरोना कहरका कारण व्यवसाय चौपट् हुदाँपनि रत्तिभर बिचलित परेका छैनन् । जोमसोम स्थित होटल ताजका संञ्चालिका तृष्णा गौचन शेरचनले तत्कालको आर्थिक आम्दानी भन्दा स्वास्थ्यनै ठुलो धन भएको बताईन् । उनले विश्व व्यापी माहामारी कोरोना कहरमा स्वास्थ्य बचाउन सके नियमितको व्यवसाय पछि पनि गर्न सकिने स्पष्ट पारिन् ।

यस्तै,मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष तथा होटल म्याजेस्टिका संञ्चालक खगेन्द्र तुलाचनले कोरोना कहरले विश्व बजारको अर्थतन्त्रनै ध्वस्त भइरहेको अवस्थामा मुस्ताङमा पर्यटक अवस्था सुन्य हुनु आश्चार्य लाग्दो नभएको बताए । उनले यो बेला होशियारी र सावधानीले मात्र कोरोनाबाट सुरक्षित रहन सकिने उल्लेख गर्दे जिल्लाका पर्यटन व्यवसायीलाई धैर्यता अपनाउ आग्रह गरे ।

मुस्ताङ जिल्ला गण्डकी प्रदेशकै एकमात्र कोरोनामुक्त जिल्लाको रुपमा कायमै छ । यसअघि यहाँ एक ८६ वर्षिय पुरुषले कोरोना जितेपछि मुस्ताङ कोरोना मुक्त भयो ।जिल्ला कोरोनामुक्त भएपनि यहाँ कोरोना भित्रिनसक्ने अधिक संम्भावना रहेको सरोकारवाला बताउँछन् । कोरोना कहरकै कारण जिल्लामा उत्पादित फलफुल तथा तरकारीको बजारिकरणमा समेत समस्या परेको छ । तर ,कोरोना कहरले मुस्ताङको पर्यटन व्यवसाय सुस्ताएपनि यहाँका व्यवसायीले त्यसको कुनै परवाह गरेका छैनन् । कोरोना प्रभावले पर्यटक नआएर जिल्ला सुनसान बनेपछि यहाँका मानिसहरु जिल्ला भित्रकै आन्तरिक पर्यटकीय स्थलको घुमफिरमा व्यस्त हुन थालेका छन्।

तल्लो मुस्ताङका पर्यटन व्यवसायी घुमफिरमा छन् । उपल्लो मुस्ताङका तल्लो मुस्ताङ र तल्लो मुस्ताङका पर्यटन व्यवसायी उपल्लो मुस्ताङको पर्यटकीय स्थलको घुमफिरमा रमाउन थालेको जोमसोमका स्थानीय अजित थकालीले बताए । तल्लो मुस्ताङका व्यवसायी गाउँ/गाउ र टोल/टोलको समुहगत रुपमा उपल्लो मुस्ताङको दामोदरकुण्ड ,लोमान्थाङ ,कोरलानाका ,लोघेकर गुम्बा ,चराङ गुम्बा र लुरी गुम्बा लगायतको पर्यटकीय स्थलको भ्रमण गर्ने गरेका छन् भने उपल्लो मुस्ताङीहरु मुक्तिनाथ मन्दिर ,कागबेनी ,जोमसोम ,ढुम्बाताल ,यारुझो भ्युटावर ,कुछप तेरङ्गा गुम्बा ,कैसाङ क्याम्प ,तिलिचो ताल ,सेकुङ,भुतर्छो ,टिटि ताल लगायतमा पुगेर रमाउने गरेको थकालीले उल्लेख गरे । 

जिल्ला भित्रै आन्तरिक पर्यटन व्यवसायीको घुमफिरले बाह्य पर्यटकको अभावलाई आंशिक पूर्ति गर्ने गरेको छ । त्यसो त जिल्ला भित्र कर्मचारी ,शिक्षक तथा स्थानीय युवायुवती समेत जिल्लाभित्रै घुमफिर गरी कोरोना कहरको समय सदुपयोग गर्ने गरेको पाइएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.