दाउरा खोज्न गएका तीन जना कर्णालीमा बेपत्ता
गुलरिया : बर्दिया र कैलालीको सिमानामा अबस्थित कर्णाली (गेरुवा) नदीमा बगेर ३ जना बेपत्ता भएका छन्। बिहीबार दिउँसो दाउरा खोज्ने क्रममा गेरुवा गाउँपालिका-४ निवासी ४० वर्षीय बल बहादुर रोकाया, १४ वर्षीया पवि रोकाया र भरत कडायत नदीमा बगेर बेपत्ता भएका हुन्।
जोधीपुर रजबन्धुवा घाटस्थित गेरुवा कर्णाली नदीमा दाउरा खोज्ने क्रममा नदीले बगाएर तिनै जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक योगेन्द्र कुमार खड्काले बताए। प्रहरी घटनास्थल पुगेर नदी क्षेत्रमा बगेका तिनै जनाको खोजतलास जारी राखेको उनले जानकारी दिए।