गुडिरहेको सरकारी गाडीमा टिकटक बनाउने ‘मूर्ख’ चालक यी पो रहेछन्

गुडिरहेको सरकारी गाडीमा टिकटक बनाउने ‘मूर्ख’ चालक यी पो रहेछन्

कालिकोट : पहाडतिरको कच्ची सकडमा एक सरकारी गाडी गुडिरहेको हुन्छ । चालक एक्कासी गाडी बाहिर निस्कन्छन् । तर गाडी गुडिरहन्छ । चालक गुडिरहेको गाडीको अगाडि बोनमा चढ्न खोजिरहेका हुन्छन् । गाडी सडकको डिलतिर गइसकेपछि उनी भित्र पस्छन् र आफ्नो सिटमा बसेर नियन्त्रणमा लिन्छन् । अगाडि कसैले भिडियो खिचिरहेको हुन्छ ।  

००१ झ ००९१ नम्बरको सरकारी प्रयोग गरी बनाइएको यो टिकटिक भिडियो अहिले निकै भाइरल भइहरेको छ। भिडियो हेरेर धेरले यो भिडियो बनाउने को होलान् ?  कति मूर्ख काम गरेका ? धन्न दुर्घटना भएन ? जस्ता प्रश्न गरिरहेका छन् । त्यसरी सरकारी गाडीको दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग पनि धेरैको छ । 

यस टिकटकमा प्रयोग भएको सरकारी गाडीको पहिचान भएको छ । यो कालिकोटको शुभकालिका गाँउपालिकाले प्रयोग गर्दै आएको गाडी  रहेको खुलेको छ । टिकटक बनाउने युवा सोही गाडीका चालक उमेश धिताल हुन् । यो भिडियो भिडियो सार्वजनिक भएपछि गाउँपालिकाले चालकलाई यसबारे स्पष्टिकरण सोधेको थियो।

ती चालकसँग सोधपुछ गर्दा आफूले गाडीमा टिकटक बनाएको र अबदेखि यस्तो गल्ती नगर्ने भनी माफी मागेको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले बताए । ‘मैले भिडियो हेरेपछि ड्राइभरलाई बोलाएर सम्झाएको छु । अब आइन्दा यस्तो गर्दिन भन्ने कुरा गर्नुभयो ।’ अध्यक्ष चौलागाईले भने–‘चालक स्थानीय भएकाले एकै गल्तीमा जागिरबाट हटाउनु भएन् ।’ 
गल्ती यस्ता गल्ती दोहोर्‍याए कारबाही गर्ने उनले बताए । 

भाइरल टिकटक भिडियो


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.