रुपन्देहीमा तीनजना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा तीनजना कोरोना संक्रमितको मृत्यु

भैरहवा : रुपन्देहीको भैरहवामा एकजना कोभिड १९ संक्रमितको मृत्यु भएको छ । मृगौलाले काम नगरेपछि डायलासिस गराउनका लागि चितवन गएको बेला उनीमा कोभिड १९ संक्रमण पुष्टि भएको थियो । कोभिड १९ संक्रमण पुष्टि भइ होमआइसोलेसनमा बसेका सिद्धार्थनगर नगरपालिका (भैरहवा)– ८ का ४५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

'संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्नुभएको थियो,' उनले भने, 'मृगौलाको डायलासिस गराउनका लागि बुटवल जाने तयारी गरिरहँदा शुक्रबार बिहान मृत्यु भयो ।' कोरोना संक्रमण पुष्टि भएपनि उनको मृत्यु कोरोनाले भएको वा अन्य कुनै कारणले त्यो खुलेको छैन । कोरोना पुष्टि भएको तर मृत्युको ठोस कारण नखुलेको रुपन्देहीमा शुक्रबार तीनजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ८ का ७८ वर्षीय पुरुष, सिद्धार्थनगर नगरपालिकाका ७ का ६४ वर्षीया महिला र वडा नम्बर ८ का ४५ वर्षीय पुरुष छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.