उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण

उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ४५४  जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बिहीबार मात्रै ४४५ जनामा संक्रमण देखिएको थियो। 

काठमाडौंका ३८६ जना, भक्तपुरका ३६ जना र ललितपुरका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा १३ सय ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बिहीबार मात्रै १२ सय २८ जनामा संक्रमण देखिएको थियो। शुक्रबार नयाँ संक्रमितमा ४६४ महिला र ८९५ पुरुष छन्।

१८ हजार ४०४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार १० हजार ९४२ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ४६२  छन्। क्वारेन्टाइनमा ६५ हजार ६१ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ५६१ पीसीआर परीक्षण भएका छन्।

 
पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २५ सय ५६१ पुगेको छ। यो ५८ प्रतिशत हो। नेपालमा कोरोनाबाट २७१ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.