भारतीय बजारमा नेपालीको आवतजावत बढ्यो

भारतीय बजारमा नेपालीको आवतजावत बढ्यो

परासी : पश्चिम नवलपरासीको सीमासँग जोडिएका भारतीय बजारमा नेपालीहरुको आवतजावत बढ्न थालेको छ। सीमा क्षेत्रको आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ। तर भारतीय बजारमा किनमेल गर्न जाने नेपालीहरुको संख्या भने दिनप्रतिदिन बढ्दै गएको छ।

सीमा क्षेत्रमा रहेका ठूठीबारी, बर्गदवालगायतका भारतीय बजार र आसपासका क्षेत्रमा कोरोना संक्रमणको संख्या बढ्दै गएको छ। दुई दिनअघि ठूठीबारी बजारमा मात्र २५ जनामा कोरोना संक्रमण देखिएको त्यहाँका पत्रकार मनोज कुमार जोशीले बताए। तर पनि नेपालीहरु लुकिछिपी भारत जान भने छाडेका छैनन्। सीमा क्षेत्रमा रहेका दुवै देशका सुरक्षाकर्मीले आवतजावतमा कडाई गरेका छन्। सुरक्षाकर्मीहरु प्रमुख नाकाहरुमा मात्र सिमित रहँदा लुकिछिपी भारत जानेको संख्या बढ्दै गएको हो। यसले जिल्लामा कोरोना संक्रमणको जोखिमलाई बढाएको छ। जसका कारण अहिले पनि सीमा क्षेत्रका पालिकामा संक्रमणको संख्या बढ्दै गएको छ। सीमा क्षेत्रको पाल्हीनन्दन गाउँपालिकामा मात्र ४४ बढी संक्रमित छन्। अन्य सीमा नाकाका पालिकाहरुमा पनि संक्रमण बढ्न थालेको छ।

अहिले सीमा क्षेत्रका भारतीय बजार पूर्ण रुपमा खुला गरिएको छ। त्यहाँको प्रशासनले केही दिन शनिबार र आइतबार बजार क्षेत्र बन्द रहने जनाएको थियो। अहिले भने त्यसलाई हटाएर सधैं खुला रहने निर्णय गरेको छ।  यसले गर्दा झन नेपालीहरु आउने क्रम बढेको पत्रकार जोशीले बताए। जोशीका अनुसार सार्वजनिक यातायात पनि चलेका छन्। दैनिक किनमेलदेखि गोरखपुर, नौतनवा, निचलौललगायतका बजारमा नेपालीहरु स्वास्थ्य उपचारका लागि समेत गएर फर्कने गरेका छन्। दैनिकजसो २ देखि ३ सय जनासम्म नेपालीहरु दैनिक किनमेल र अन्य कामका लागि आउजाउ गरेर फर्कने गरेका छन्। लुकिछिपी भारततर्फ आउजाउ गर्ने क्रम बढ्न थाल्यो भनेर गुनासो आउने गरेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए। उनले त्यसलाई कडाईका साथ रोक लगाउनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.