कोरानाले नवलपरासीमा एक महिलाको मृत्यु
परासी : कोरोना संक्रमणका कारण पश्चिम नवलपरासीमा ३५ वर्षीया महिलाको मृत्यु भएको छ। उनको कारोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले जानकारी दिए।
पाल्हीनन्दन गाउँपालिकाको गेर्मी घर भई माईती घर प्रतापपुर गाउँपालिकामा आएको बखत उनलाई लक्षण देखिएपछि कोरोना परीक्षण गरिएको थियो। निमोनियाको लक्षण देखिएकी उनलाई भदौ १७ गते बुटवल पठाइएको थियो।
योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। यसअघि एक ६५ वर्षीया महिला र ३८ वर्षीय पुरुषको मृत्यु भएको थियो। अहिलेसम्म जिल्लामा २ सय ६९ जना संक्रमित भएका छन्। जिल्लाका संस्थागत र होम आइसोलेसनमा गरी अहिले १ सय २५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।