धुलिखेल अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु
काभ्रे : धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित मृत्यु भएको छ । शनिबार बिहान ६:३० बजे महोत्तरी बर्दिबासका कोरोना संक्रमितको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
७६ वर्षीय वृद्धको कोरोना भाइरसका कारण मृत्यु भएको डा. झाले जानकारी दिए । उनी धुलिखेल अस्पतालमा १५ दिन अगाडि अस्पताल भर्ना भएका थिए।