कपिलवस्तुमा १ हजार ८ जना  संक्रमण मुक्त

कपिलवस्तुमा १ हजार ८ जना  संक्रमण मुक्त

कपिलवस्तु : कपिलवस्तु जिल्लाका कोरोना संक्रमित धमाधम निको हुने क्रम बढेको छ। जिल्लामा कुल १ हजार १ सय ४७ जनामा कोरोना संक्रमण देखिए पनि १ हजार ८ जना संक्रमणमुक्त भइ सामान्य जीवनमा फर्केका छन्। 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १ सय १२ जना पुरुष र २२ जना महिला गरी कुल १ सय ३४ जना कोरोना संक्रमणका कारण स्थानीय तहले निर्माण गरेका आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका छन्। प्राय सबैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए। 
संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा बसेका छन्। 

स्थानीय तहले संक्रमितका लागि अस्थायी आइसोलेसन सेन्टर निर्माण गरी बस्ने व्यवस्थापन गरे पनि प्राय सबै संक्रमित आआफ्नो घर वा नातेदारको घरमै बस्न रुचाएका छन्। घरमा बस्दा घर परिवारको हेरचाह र आवश्यक सामाग्री सहज प्राप्त गर्न सकिने भएका कारण होम आइसोलेसन नै आफूले रुचाएको कपिलवस्तु नगरपालिका वडा नं. १ का राजेश उपाध्यायले बताए। कोरोनाका लक्षण देखिएसँगै घरको अलग कोठामा आफू बसेको र घरको एउटा ट्वाइलेट बाथरुम आफूले मात्रै प्रयोग गरेको बताए। 

लक्षण देखिएपछि पीसीआर टेष्ट गर्दा आफूमा कोरोना संक्रमण देखिएको उनले बताए। 'घरमै आइसोलेसनमा बस्दा एक्लो महसुस भएन', उपाध्यायले भने, 'घर परिवारका सदस्यलाई टाढाबाट हेर्दा, बोल्दा मात्रै पनि कोरोना संक्रमणको डर र त्रास हरायो।'

घर परिवारमा सबैलाई कोरोना संक्रमण देखिन थालेपछि परिवारमा ठूलो तनाव भएको कपिलवस्तु नगरपालिका वडा नं. १ की अन्जु शर्माले बताइन्। 'आफू १६ वर्षीय जेठी छोरी र ३ वर्षीय कान्छो छोरासहित ३ जनामै कोरोना संक्रमण देखियो', शर्माले भनिन्, 'घरमा वृद्ध सासु आमा हुनुहुन्छ। सासु आमालाई संक्रमण सर्ने हो कि भन्न डरले हामी आमा छोरी छोरा तीनै जना स्थानीय एक गैर सरकारी संस्थाको गेष्ट हाउसको कोठालाई आइसोलेसन बनाएर बस्यौं।' 

'आफूहरु संक्रमित भइ आइसोलेसनमा बस्दा साथी भाइ इष्टमित्र आएर टाढैबाट गरेको भेटघाट र दिएको हौसला तथा सरसल्लाहले मानसिक रुपमा ठूलो सहयोग मिल्यो। कोरोना संक्रमितलाई यो बेला तिरस्कार हैन हौसला चाहिन्छ। निरन्तर रुपमा स्वास्थ्यकर्मी, इष्टमित्र र साथी भाइको भेटघाट र हौसलाले आत्मविश्वास पनि बढ्छ', उनले भनिन्।

जिल्लामा कोरोना संक्रमित भइ उपचारमा रहेका ४ जनाको भने मृत्यु भएको छ। कपिलवस्तु नगरपालिकाका २ पुरुष, मायादेवी गाउँपालिकाका १ पुरुष र कृष्णनगर नगरपालिकाकी १ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। मृतक सबैमा अन्य विभिन्न रोगको संक्रमण रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.