दाङमा थपिए ३७ कोरोना संक्रमित
दाङ : दाङमा शनिबार एकै दिन ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवार ४०४ जनाको कोरोना परिक्षण गर्दा जिल्लामा ३७ जनामा कोरोना देखिएको हो। तुलसीपुरका १९ जनासहित ३७ जनामा संक्रमण दिखिएको हो।
तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट संकलन गरिएको १४३ जनाको नमुना स्वाब परिक्षण गर्दा १९ जनामा कोरोना देखिएको हो। यस्तैगरी घोराही र नारायणपुरबाट संकलित १९८ जनाको स्वाब परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ।
तुलसीपुरमा संक्रमित हुनेमा ९ जना पुरुष र १० जना महिला रहेका छन्। वडा नम्बर १ , ८ र १७ मा १/१ जना, वडा नम्वर ५ र ६ मा ४/४ जना, वडा नम्बर ७ मा ९ महिनाका बालक सहित दुई जना,वडा नम्बर १८ मा २ जना , वडा नम्वर १९ मा ३ जना र शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का १ जना रहेका छन्।