दाङमा ३७ जनामा संक्रमण
दाङ : दाङमा शनिबार एकै दिन ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार ४ सय ४ जनाको कोरोना परीक्षण गर्दा जिल्लामा ३७ जनामा कोरोना देखिएको हो। तुलसीपुरका १९ जना सहित ३७ जनामा संक्रमण दिखिएको हो।
तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट संकलन गरिएको १ सय ४३ जनाको नमुना स्वाब परीक्षण गर्दा १९ जनामा कोरोना देखिएको हो। यस्तै घोराही र नारायणपुरबाट संकलित १ सय ९८ जनाको स्वाब परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ।
तुलसीपुरमा संक्रमित हुनेमा ९ जना पुरुष र १० जना महिला रहेका छन्। वडा नम्बर १, ८ र १७ मा १-१ जना, वडा नम्बर ५ र ६ मा ४-४ जना, वडा नम्बर ७ मा ९ महिनाका बालक सहित दुई जना, वडा नम्बर १८ मा २ जना , वडा नम्बर १९ मा ३ जना र शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का १ जना रहेका छन्।