निषेधाज्ञा खुकुलो भएसँगै नवलपरासीमा भीडभाड बढ्यो

निषेधाज्ञा खुकुलो भएसँगै नवलपरासीमा भीडभाड बढ्यो

परासी : पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा खुकुलो बनाइएसँगै सर्वसाधारणको भीड बढेको छ। जिल्ला प्रशासन कार्यालयले साउन ३१ गतेदेखि लगाएको निषेधाज्ञा आइतबारबाट खुकुलो बनाए लगत्तै सर्वसाधारणको भीडभाड बढेको हो। 

जिल्ला सुरक्षा समितिले पसल व्यवसायदेखि अत्यावश्यक सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था सुरक्षा मापदण्ड तय गरेर खुला गर्ने निर्णय गरेको छ। त्यसरी अत्यावश्यक कामका लागि बाहिर निस्कनु पर्ने सर्वसाधारणले सामाजिक दुरी कायम गरेर सुरक्षाका उपाय अपनाउन अनुरोध गरिएको छ। तर सर्वसाधारण भने न्यूनम सुरक्षाका उपायको बेवास्ता गर्दै बजारमा निस्कन थालेका छन्। 

सर्वसाधारणको भीड हुने मालपोत कार्यालय, नापी कार्यालय र बैंक तथा वित्तीय संस्था खुला गरेपछि मानिसको आवतजावत बढेको हो। न्यूनतम सुरक्षा उपाय र सामाजिक दुरीको समेत बेवास्ता गरिएकाले कोरोना संक्रमणको जोखिम पनि उत्तिकै बढेको छ। अनावश्यक रुपमा भीडभाड बढे फेरि जिल्लाको निषेधाज्ञामा कडाइ गरिने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए। जिल्लामा भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञा खुकुलो बनाइएको हो।

अहिलेसम्म जिल्लामा २ सय ६९ जना संक्रमित भएका छन्। जिल्लाका संस्थागत र होम आइसोलेसनमा गरी अहिले १ सय २५ जना सक्रिय संक्रमित छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.