मुस्ताङको पर्यटकीय गन्तव्य ‘यारुझो भ्यू टावर’

मुस्ताङको पर्यटकीय गन्तव्य ‘यारुझो भ्यू टावर’

जोमसोम : संघीयतापछि मुस्ताङका स्थानीय तहहरुले आ-आफ्ना पालिकाहरुमा पर्यटक आकर्षित गर्न भ्यू टावर निर्माण गर्ने होड चलाएका छन्। सन् २०१० को सेरोफेरोमा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापले मुस्ताङको जोमसोम बजार पूर्वतर्फ अग्लो उचाईमा भ्यु—टावरको निर्माणकार्य थालनी गर्‍यो। त्यसताका एक्यापले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले ९ करोड बजेट खर्चिएर भ्यू—टावर निर्माण संम्पन्न गर्‍यो।

एक्यापले भ्यू—टावर निर्माणकार्य अघि बढाउन संरक्षण व्यवस्थापन समितिलाई जिम्मा दिएको छ। एक्यापको लगानीमा निर्माण भएको भ्यू—टावर फलामे ट्रप्ससहित माथिल्लो भागमा गोलाकार दृष्यावलोकन गर्ने ठाउँ बनाइएको छ। एक्याप र स्थानीय संरक्षण व्यवस्थान समिति (सिएमसी )ले ६ वर्ष लगाएर निर्माण सम्पन्न गर्‍यो।
भ्यू—टावर बनेपनि त्यहा पुग्न पर्यटकलाई सडक सञ्जालको पहुँच नहुँदा कठिनाई बन्न पुग्यो। अहिले भ्यू—टावर जाने मार्गको केही तल गण्डकी प्रदेश सरकारले घरपझोङ—५ ठिनी हुँदै तिलिचो जाने नमखुसम्म मोटर बाटो बिस्तार गर्न थाल्यो। जसका कारण भ्यू—टावर जानका लागि केही सहज भयो। पछिल्लो समय स्थानीय तहकै सहयोगमा प्रदेशले विस्तार गरेको बाटोलाई जोडेर भ्यू—टावरसम्म मोटर बाटो विस्तार भइसकेको छ।

समुन्द्री सतहदेखि अग्लो उचाईमा निर्माण संम्पन्न भएको भ्यु—टावर नजिक अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापले शौचालय र विश्रामस्थलसमेत निर्माण गरेको एक्यापका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए। निकै रमणीय र आर्कषक स्थानमा अवस्थित भ्यू—टावरसम्म मोटर बाटो विस्तार भएपनि प्रचार—प्रसारको अभावले पर्यटक पुग्न नसकेको स्थानीय जनप्रतिनिधि सुकेन्द्र थकालीले बताए। उनले भ्यू—टावर आसपासमा चाहिने पूर्वाधार निर्माण गर्न अझै बाँकी रहेको जानकारी दिए। यो स्थान निकै लोभलाग्दो ठाउँ भएको र यहाँ आएका पर्यटकले स्वर्गनै पुगेको अनुभुति गर्न सक्ने थकालीले उल्लेख गरे।

यसअघि सदरमुकाम जोमसोमबाट करिब ४ घण्टा बेसी लाग्ने भ्यू—टावर गन्तव्य अहिले कच्ची सडक विस्तारसँगै सवारी साधनबाट आधा घण्टामै पुग्न सकिने भएको छ। जोमसोमस्थित रिजाल स्टोर्सका प्रोपाईटर बिष्णु रिजालले भ्यू—टावरको पर्यटन प्रर्वद्धन हुनसके आन्तरिक तथा बाह्य पर्यटकको आईरो लाग्ने दावी गरे। उनले भ्यू—टावर गन्तव्यले मुस्ताङ सदरमुकाम जोमसोमका पर्यटन व्यवसायीलाई थप फाइदा पुग्ने जनाए। उचित प्रचार—प्रसार भएमा मुक्तिनाथ ,कागबेनी र उपल्लो मुस्ताङ जाने पर्यटक यहासम्म आउने व्यवसायी रिजालको भनाई छ।

मुस्ताङको घरपझोङ गाउँपालिकामा विभिन्न पर्यटक स्थल छन्। ढुम्बाताल ,स्नोलियोपार्ट ,कुछ्प तेरङ्गा गुम्बा ,कैसाङ खर्क ,स्याउबारी र भ्यु—टावर अवलोकन गर्न एकदिने साईडसिन बन्ने ठिनीका स्थानीय नरेन्द्र थकालीले उल्लेख गरे। यारुझो भ्यू टावरबाट पूर्वको निलगिरी हिमाल र पश्चिमको धौलागिरी हिमाल दृष्य मनमोहक देखिन्छ। यहाँबाट  उत्तरतर्फ कोरलानाकासहित तिब्बती भूगोल देख्न सकिन्छ। यस्तै भ्यू टावरबाट मानापाथी हिमाल ,याकधवा हिमाल,तिलिचो पिक ,मेसोकोन्तो पास ,मनाङ र मुस्ताङ जोडिने थोरङ्लापास समेतको दृष्यावलोकन गर्न सकिने छ। भ्यू टावरबाट मुस्ताङको अधिकाश भूगोल देखिने भएकाले यसस्थानलाई पर्यटक हबको रुपमा विकास गर्न आवश्यक देखिएको हो। पछिल्लो समय सडक सञ्जाल जोडिएकाले स्वदेशी तथा विदेशी चलचित्र छायांकन गर्न समेत सजिलो भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.