विएण्डसी अस्पतालका १२ जना कर्मचारीमा कोरोना संक्रमण
झापा : झापाको विर्तामोडमा रहेको विएण्डसी अस्पतालका १ जना चिकित्सक र ११ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार संक्रमण देखिएका सबै आइसोलेसनमा बस्दै आएका थिए।
भदौ १८ गते १४ जनाको अस्पतालबाटै पीसीआर परीक्षणका लागि स्वाब स्वाब नमूना संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। पठाइएको १४ जनामध्ये १२ जनाको रिर्पोट पोजिटिभ आएको हो।
गिरीले भने 'अस्पतालको सबै सेवा सधैँ जस्तै चलिरहेको छ। अस्पताल सुरक्षित छ।' यद्यपि विर्तामोड नगरपालिकाले अस्पताल सिलको तयारी गरेको छ।
जिल्लामा आइतबार मात्र एक महिलाको मृत्यु भएको छ भने २५ जनामा कोरोना पोजिटिभ देखिएको छ।