'ललितपुरमा भोलिदेखी निषेधाज्ञामा थप कडाई'
ललितपुर : निषेधाज्ञा उलंघन भएको ठहर गर्दै ललितपुर प्रहरीले सोमबारबाट कडाई गर्ने भएको छ। ललितपुरका प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार सोमबारबाट ललितपुरमा निषेधाज्ञा झन कडा गरिने छ।
उनका अनुसार ललितपुरमा निषेधाज्ञाको उलंघन हुँदा कोरोनाको जोखिम झन् बढ्दै गएपछि यस्तो तयारी गरिएको हो। सरकारले खाद्यन्न, डेरी, औषधि पसल जस्ता अत्यावश्यक पसल खुल्ने अनुमती दिए पनि अरु पसलहरु समेत खुलेको देखिएको उनको भनाइ छ।
सरकारले तोकेको अनुसारका पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ। ‘त्यसपछि खोल्नेलाई कारबाही गर्छौ’, उनले भने, ‘निषेधाज्ञा खारेज भएको छैन, भोलिदेखि कडाईका साथ लागू गर्छौ।’
कोरोनाको जोखिम वेवास्ता गर्दै मान्छेको चहलपहल बढेकोले थप कडाई गर्नु परेको उनको भनाइ छ। उनले आज राति नै कडाईको सूचना सर्कुलर हुने प्रष्ट पारे।
ललितपुर जिल्लामा मात्र हजार ९९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ४४५ पुरुष र ६२४ महिला छन्।