ट्राफिक प्रहरी कुटेको अभियोगमा पक्राउ परेका थप चार जनामा कोरोना

ट्राफिक प्रहरी कुटेको अभियोगमा पक्राउ परेका थप चार जनामा कोरोना

ललितपुर : मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका थप चार जनाको कोरोना पोजिटिभ देखिएको छ। महानगरीय प्रहरी परिसर, ललितपुरले सोमबार थप चार जनामा कोरोना पोजिटिभ देखिएको जनाएको छ।

आइतबार दुई जनाको रिपोर्ट पोजिटिभ आएको थियो। अन्य ११ जनाको रिपोर्ट आउन बाँकी रहेको परीसरले जनाएको छ। उक्त समूहका तीन जना हिजो रिहा भएका थिए। बिरामी तथा कोरोना संक्रमितलाई आफन्तको जिम्मा लगाएर आइसोलेसनमा पठाइएको जनाएको छ। 

आरोपितहरु सबैको रिहाई गर्नुपर्ने माग लिएर १९ जाती र ज्यापू समाजका प्रतिनिधि सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

पक्राउ परेकालाई 'सार्वजनिक शान्ति विरुद्दको कसुर'मा मुद्दा चलाइएको जानकारी प्रहरीले दिएको छ। सरकारी वकिलको राय लिएर अनुसन्धान अघि बढाइने र त्यसै अनुरुप कारवाही हुने परीसरले जनाएको छ। उनीहरुलाई बाहिरै राखेर अनुसन्धान गर्ने र मुद्दा चलाईसकेपछि कानुन बमोजिम अघि बढाइने भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.