निषेधाज्ञाको अवज्ञा गर्दै नवलपरासीमा धर्ना

निषेधाज्ञाको अवज्ञा गर्दै नवलपरासीमा धर्ना

परासी : निषेधाज्ञाको अवज्ञा गर्दै पश्चिम नवलपरासीका राजनीतिक दलहरुले मंगलबार सदरमुकाम परासीमा धर्ना दिएका छन् । कोरोना संक्रमणको कारण देखाउँदै मृत्यु भएको घटना शंकास्पद रहेको भन्दै घटनाको छानविन गरी दोषिलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । 

नेपाली कांग्रेसका जिल्ला उपभासभापति ३८ वर्षीय सुवाचन्द्र गिरीको साउन २३ गते भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा पित्तथैलीको अपरेशन गरिएको थियो । अपरेशनपछि कोराना संक्रमण देखिएका उनको उपचारका क्रममा भदौ १ गते पाटन अस्पतालमा मृत्यु भएको थियो । सोही घटनाको छानविनको माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।

जिल्लाका राजनीतिक दल, स्थानीय तहका प्रमुखसहित बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयले भेला, जमघट र भीडभाडलाई पूर्ण प्रतिबन्ध लगाउँदै निषेधाज्ञा जारी गरेको छ ।

तर जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिले नै उक्त निर्णयको अवज्ञा गरेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।'आफैले गरेको निर्णय उल्लंघन गरेर धर्ना दिने सम्बन्धित पक्षले नै जनतालाई के भनेर कार्यान्वयन गराउँलान ? म पनि अचम्मित छु,' प्रजिअ पाठकले भने । 

धर्नामा करिब १ सय जनाको सहभागिता थियो । निषेधाज्ञाको अवज्ञा गरेर धर्नामा बस्न पुगेका सहभागिहरुलाई हटाउन प्रहरी पुगेको थियो । तर आदेश नपाएपछि प्रहरीहरु धर्ना हेरेर बसेका थिए । जिल्लामा दैनिजसो कोरोना संक्रमणका बिरामीहरु बढ्दै गएका छन् । 

मृतक गिरीको पीसीआर नगरी अप्रेशन गर्नु र अप्रेसनमा समेत लापरबाहीको आरोप लगाउँदै राजनीतिक दल र परिवारजनले साता दिनअघि ज्ञापन पत्र दिएर घटनाको निष्पक्ष छानविन गरी कारबाही गर्न माग गरेका थिए । माग पूरा नभएको भन्दै उनीहरुले प्रशासनमा धर्ना दिएका हुन् । धर्नापछि आयोजित कोणसभामा बोल्ने पार्टी प्रतिनिधि र जनप्रतिनिधिले माग पूरा नभए अन्य आन्दोलनका कार्यक्रम गर्ने बताएका थिए ।  

धर्नामा नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र राजनीतिक समूह, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो । त्यस्तै प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समितिका प्रमुख,रामग्राम नगरपालिकाका प्रमुख, उपप्रमुख, सरावल गाउँपालिकाका प्रमुखको पनि धर्नामा सहभागिता थियो ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.