श्रृंखलाबद्ध चोरी : चार लाख रकमसहित चारजना पक्राउ, दिदी-भाइ पनि संलग्न

श्रृंखलाबद्ध चोरी : चार लाख रकमसहित चारजना पक्राउ, दिदी-भाइ पनि संलग्न

राजविराज : कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनमा मौका छोपेर सप्तरीको विभिन्न ठाउँमा श्रृंखलाबद्ध चोरीका घटना हुन थालेका छन् । लकडाउनको सुरुवाती दिनमा चोरी नहुने गरेपनि पछिल्लो दिनहरुमा भने चोरी बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा शाखाका इन्चार्ज सन्तोष खडकाका अनुसार जिल्लामा सानातिना समेत गरी दैनिकजसो चोरीको घटना हुन थालेको छ ।

दैनिकजसो चोरीको गुनासो प्रहरी कहाँ आउन थालेपछि जिल्ला प्रहरी कार्यालयले आफू मातहतको इलाका प्रहरी कार्यालय र चौकीहरुलाई चोरी नियन्त्रणका लागि प्रहरी परिचालन गरी गस्ती बढाउन निर्देशन दिएको छ ।

राजविराजको मुख्य बजारमा चोरी भएको एक घटनामा सप्तरी प्रहरीले ८ घण्टामै चारजनालाई चार लाख सहित पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । घटनालगत्तै विशेष निगरानी गरेर तिब्र अनुसन्धानमा जुटेपछि चोरी कार्यमा संलग्न एक महिलासहित चारजना पक्राउ परेको एसपी राजेन्द्र धमलाले बताए ।

एसपी धमलाका अनुसार पक्राउ पर्नेमा राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल, उनकी दिदी राजविराज– ४ मा बस्ने ज्योतीकुमारी मण्डल सहनी, सोही ठाउँका समिम अन्सारी र सप्तरीको रुपनी गाउँपालिका– ४ का लाल मोहममद राईन छन् ।

उनीहरुलाई ५० हजारको मोबाइल रिचार्ज कार्ड र ३ लाख ६० हजार नगदसहित पक्राउ गरिएको हो । गुडिया (खेलौना) भित्र रिजार्च कार्ड र माटो मुनी कपडामा बेरेर रकम लुकाएको अवस्थामा उनीहरु पक्राउ परेको अनुसन्धानमा खटिएका इन्स्पेक्टर खडकाले बताए ।

प्रहरीका अनुसार सनियाले सोमबार विहान साढे चार बजे राजविराज–७ स्थित मुख्य बजारको गणेश स्टोरबाट चार लाख नगद र साढे एक लाखको रिचार्ज कार्ड चोरी गरेको स्विकारेका छन् । नियमित चोरी घटनामा संलग्न हुने केही व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गरेपछि प्रहरीले सनियालाई उनको दिदीको घरबाट नियन्त्रणमा लिएको डिएसपी तिलक भारतीले बताए ।

सिसीटिभी क्यामेराको फुटेजका आधारमा समेत चोरीमा संलग्न सनियाको पहिचान भएपछि उनकै वयान अनुसार अन्य आरोपितहरु पक्राउ परेका हुन् । चोरी गरेर आएका सनियाले लगाएको कपडा परिवर्तन गरे पनि उसले घाँटी र खुट्टामा लगाएको डोरीका आधारमा पहिचान गरिएको इन्स्पेक्टर खडकाले बताए । 

सोमबार बिहान साढे चार बजे गणेश स्टोर अगाडि रहेको सोलारको पोलबाट सनिया पसले ओमप्रकाश साहको घरमाथि चढे । चोरी गर्ने सनियालाई बाहिर बसेर मानिस आवतजावतको सूचना दिन उनका साथी राईन बसे । सोलारको पोलबाट घरको माथिल्लो तलामा चढेका सनियाले घरपसल धनी साह सुतेको कोठा बाहिरबाट चुकुल लगाए । घरको भुई तल्लामा ओर्लिएर पसल र बाकस (घर्रा)को ताला फुटाई चार लाख नगद र साढे एक लाख मूल्य बराबरको मोबाइल रिचार्ज कार्ड चोरी गरे । चोरी गरी बाहिर निक्लिएका सनियाले पसलको बाहिरबाट समेत चुकुल लगाए ।

प्रहरीका अनुसार दिदी ज्योतीकहाँ बस्ने गरेका सनियालाई नियन्त्रणमा लिएपछि चोरीका समान र रकममध्ये केही ज्योतिकै डेरामा र केही राजविराज– २ स्थित उनको मदिरा पसलमा लुकाएर राखेको अवस्थामा फेला पर्‍यो । ज्योतिकै मदिरा पसलमा काम गर्ने समिमले चोरीको रकम कपडामा बेरी खाल्डो खनी माटोमा गाडेर लुकाएको अवस्थामा भेटियो ।  

बिहान ६ बजे उठनासाथ बाहिरबाट चुकुल लगाएको र चोरी भएको थाहा पाएपछि साहले प्रहरीलाई खबर गरे । घटनास्थल पुगेको प्रहरीले सिसीटिभी क्योमराको फुटेज र चोरी घटनामा सलंग्न व्यक्तिहरुलाई निगरानी राखी सोधपुछ गरेपछि चोरीमा संलग्न चारै जना समातिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.