बर्दियामा दिनहुँ थपिँदै संक्रमित

बर्दियामा दिनहुँ थपिँदै संक्रमित

गुलरिया : बर्दियामा कोरोना भाईरस संक्रमितको संख्या दिनहुँ थपिन थालेको छ। स्थानिय प्रशासनले पीसीआर परिक्षणको दायरा फराकिलो पारेसँगै कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेको हो।

पछिल्लो समय बाँसगढी नगरपालिका स्थित सीजी फुुड्समा कार्यरत कामदारहरुमा कोरोना भाईरस संक्रमण देखिएपछि बाँसगढी नगरपालिका शील गरिएको छ। कम्पनीमा कार्यरत स्थानिय कामदारका घरपरिवार, टोल छिमेक लगायत समुदाय स्तरमा संक्रमण फैलिन नदिन नगरपालिकाको अनुरोधमा बाँसगढी नगरक्षेत्रमा सप्ताहब्यापी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए। संक्रामक रोग ऐन २०२० को दफा २ एवम् स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बर्दियाको वैठकको निर्णयबाट पालिका भित्र सूचना मार्फत निषेधाज्ञा जारी गरेका छौं। उनले भने 'निषेधाज्ञा अवधिभर औषधी उपचार, खाद्यवस्तु खरिद लगायत अत्यावस्यक सेवा र काम वाहेर घर वाहिर निस्कन अनुमति दिएका छैनौं।'

जिल्लामा जोर विजोर प्रणाली मार्फत निजि सवारी साधनहरुलाई आवत जावत गर्न अनुमति दिईएको छ। कोभिडको जोखिमबाट जोगिन अनिवार्य मास्क प्रयोग, भौतिक दुरीसँगै आधारभुत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न स्थानिय प्रशासनको निर्देशन छ। सीजी कम्पनीमा संक्रमितको संख्या बढेपछि कम्तिमा एकसाता कम्पनी संचालन नगर्न अनुरोध गरिएको छ। 'कम्पनीमा कार्यरत अधिकांस महिलाहरुमा लक्षण विहिन संक्रमण देखिएकाले समुदायमा नफैलिएको अनुमान हाम्रो छ' प्रजिअ अधिकारीले भने।

बाँसगढी नगरपालिका क्षेत्रमा संक्रमितका सम्पर्कमा आएका ब्यक्तीहरुको नमुना स्वाब लिने काम भैरहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए। मंगलवार बर्दियामा पुष्टि भएका १८ जना संक्रमित मध्ये १५ जना वाँसगढी नगरपालिका भित्रका छन्। जसमा ५ जना संक्रमितको संम्पर्कमा आएका ब्यक्ती छन्। बाँसगढी नगरपालिकामा मात्र संक्रमितको संख्या १ सय ३ पुगेको छ।

बर्दियामा १० हजार १४७ जनाको पीसीआर परिक्षण भैसकेको छ। गिरीका अनुसार पीसीआर गरिएकाहरु मध्ये ४ सय ३३ जनाको कोरोना भाईरसको नजिता पोजेटिभ आएको छ। जिल्लामा ३ सय २५ जनाले कोरोना जितेका छन्। बर्दियामा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.