कुरा होइन काम गरौं

कुरा होइन काम गरौं

विश्व जगत् कोरोना भाइरसको महामारीमा चुर्लुम्म डुबेको छ। सबैको मन र मस्तिष्कमा कोरोनाको त्रास सल्बलाइरहेको छ। संकटको घडीमा गाँस र वासको समस्या बढ्दो छ। कहिल्यै अनुभव नगरिएको बन्दाबन्दीको पीडा एकातिर छ भने अर्कातिर यसले सिंगो विश्व अर्थतन्त्रमा पर्न गएको असर झन् कहालिलाग्दो छ। विभिन्न किसिमका अवसरवादीले आआफ्नो चर्तिकला प्रस्तुत गरिरहेकै छन्। कसैलाई सिमाना हडप्ने, कसैले आपूm कुर्चीमा पुग्ने खेलको नौटंकी गर्ने, कसैले संकटका बेलामा कृत्रिम अभाव सृजना गरी कालाबजारीबाट करोडौं कमाउने। आखिर सबै कामकुराबाट पछि पर्ने भनेको त सीधासोझा नागरिक नै रहेछौं।

सरकार कामभन्दा बढी कुरा गर्नमै व्यस्त छ। अरू सबै नागरिक पनि सरकारका कामकुराको विरोध गर्न र कुरा काट्नमै रमाउँछौं। यो विषम परिस्थितिमा कुरा मात्रै काटेर बस्नु कसैका लागि पनि उचित समय होइन। कोरोना संक्रमणको समय नियन्त्रण हुन कति लाग्छ केही थाहा छैन। मौजुदा उत्पादनले धेरै समयसम्म हामीलाई पुग्दैन। अहिले काम केही नगरेर बस्यौं भने पछि यसले झन् विकराल समस्या निम्त्याउँछ। त्यसैले सबैले बेलैमा सोचेर काम गर्नु जरुरी छ।

यो संकटको घडीमा कोरोनाको त्राससँग सुरक्षित तवरले बसेर उत्पादनमुखी काम गर्नु हामी सबैको साझा दायित्व हो। हाम्रा जमिन बाँझा छन्। विदेश गएको हाम्रा नेपाली जनशक्ति अवसर मिल्नासाथ स्वदेश फिर्ता हुने समयको प्रतीक्षामा रहेका छन्। विप्रेषणले फस्टाएको हाम्रो घरेलु अर्थतन्त्र केही समयलाई डामाडोल हुने निश्चित छ। प्रकृतिले नै सिर्जना गरिएका समस्यासँग हामी सबै जुध्नुको अर्को उत्तम विकल्प छैन। संकटको समयमा सबैभन्दा पहिला आफू बाँच्नु अनि आफ्नालाई बचाउनु नै सबैभन्दा राम्रो सावधानी हो।

हाम्रो औसत बानी कामभन्दा कुरा ठूला गर्ने छ। हामीलाई काम गर्न जाँगर चल्दैन। कुरा मात्र काटेर समयको दुरुपयोग गर्छौं। अहिले कोरोनाको महामारीले हामी अप्ठ्यारो परिस्थितिसँग जुध्दै छौं। दुईचार महिनापछिको अवस्था झन् विकराल हुन सक्छ। अहिलेसम्मको अवस्थामा बरु केही समयका लागि पुग्ने मौजुदा खाद्यान्न छ। त्यो सकिएपछि झन् निकै समस्या थपिन्छ। निकट भविष्यमा देखिने यस्ता समस्याबाट समाधान पाउन हामी आजबाटै चनाखो र सक्रिय हुन जरुरी छ।

आत्मबल बलियो भयो भने शरीर स्वस्थ हुन्छ। रोगप्रतिरोधी क्षमताको विकास हुन्छ। जे काम गर्न सकिन्छ त्यही गरौं। यसो गर्दा नै कोरोना जित्न सकिन्छ।

कोरोनाको त्रास समाप्त नहुने समयसम्म हामी पूर्णरूपमा घुमफिर गर्न सक्दैनौं। यो समयलाई अधिकतम रूपमा कृषिजन्य खेती गर्नमा अगाडि सरौं। निश्चितरूपमा सामाजिक दूरी कायम गरेर आआफ्ना खेतबारीमा काम गरौं। छिटो उत्पादन हुने खालका खेतीपाती लगाऔं। आपूmलाई पुग्ने खाद्यान्न आफै उत्पादन गर्न सक्यौं भने हामी धेरै कुराबाट सुरक्षित बन्न सक्छौं। भूमिको उत्पादन स्तरअनुसार कतै अनाज बाली, कतै तरकारी खेती गरौं। वर्षौंवर्ष काम नगरेर बाँझिएका हाम्रा भूमिमा पनि अहिले कतै बाँकी नराखेर खेती गर्न सुरु गरौं। यसो गर्‍यौं भने एक त काम गरेपछि सबैको शरीर निरोगी बन्छ, फूर्तिलो हुन्छ भने अर्कातिर त्यसबाट उत्पादन हुने अनाज खाएर हाम्रो जीविकोपार्जन चल्छ। बढी भएको उत्पादन बेचेर आफूलाई चाहिने अन्य सामान किन्न सक्छौं।

हामी बजारबस्तीमा भाडामा बस्नेहरू धेरै छौं। हामी बस्ने घरअगाडि र पछाडि धेरै जमिन बाँझा छन्। आफ्नो नजिकै भएका त्यस्ता जमिनमा पनि हामीले मिल्छ भने जग्गाधनीको अनुमति लिएर खेती गरौं। जग्गाधनीको पहिचान छैन भने आपूmलाई पायक पर्ने ठाउँमा मनपर्ने उत्पादन लगाउने गरौं। आपूmले गर्न नसकेको जमिन खनजोत गरेर कसैले खेती लगाएर खाँदा पक्कै पनि जग्गाधनी रिसाउने छैनन्। यो अवस्था भनेको समयलाई जमिनका उपभोगमा अधिकतम उपयोग गर्ने अवस्था हो।

आत्मबल बलियो भयो भने कोरोनालाई जित्न सकिन्छ। खेतबारी र करेसाबारीमा मन फुकाएर काम गर्दा परि श्रम गर्ने बानीको विकास हुन्छ। शरीर स्वस्थ हुन्छ। रोगप्रतिरोधी क्षमताको विकास हुन्छ। आपूmले फलाएका खानेकुरा खाँदा झन् संकटको यो घडीमा आनन्द आउँछ। कसैको कुरा काटेर, कसैको विरोध गरेर केही फाइदा हुँदैन। सबै कामकुरा आफूले राम्रो गर्न सकियो भने मात्र आफू असल र गतिलोमा गनिन्छ। अनावश्यक गफ गर्ने बानीमा समय खेर नफालौं। जो–जसले जे काम गर्न सकिन्छ सोही काम गरौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.