नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
मुग्लिन : नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ। सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो।
उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन्। दुईवटा रुखसहित खसेको पहिराले दुई घण्टा सडक अवरुद्ध बनेको थियो।
रासस