आइसोलेसनलाई सहयोग

आइसोलेसनलाई सहयोग

मुगु : जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुमा कार्यरत लेखा अधिकृतले आइसोलेसन व्यवस्थापनका लागि ५० हजार सहयोग गरेका छन्। उनी संक्रमणमुक्त भएसँगै उनले ५० हजार सहयोग गर्ने प्रतिबद्धता गरेका थिए। सोही अनुसार नगद ५० हजार हस्तानतरण गरेका हुन्। 

जिल्ला स्वास्थ्य सेवा कार्यालयमा कार्यरत ३८ वर्षीय सुरेश केसीले भदौ ५ गते जिल्ला अस्पतालमा स्वाब दिएका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनको भदौ ८ गते कोरोना भाइरस पोजिटिभ रिर्पोट देखाएपछि भदौ ९ गते सामजिक संजालमार्फत आफ्नो दोस्रो रिर्पोट नेगेटिभ आए आइसोलेसनको व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता गरेका थिए। सोही अनुसार दोस्रो पटक भदौ १२ गते संकलन गरिएको उनको स्वाबको रिर्पोट १३ गते नेगेटिभ आएको थियो।
 

बुधबार जिल्ला प्रशासन कार्यालयमा जिल्ला स्थित संचारकर्मीको रोहवरमा लेखा अधिकृत केसीले प्रमुख जिल्ला अधिकारी कृष्णाकुमार निरौलालाई ५० हजार नगद हस्तान्तरण गरेका हुन्। आफूलाई कोरोना संक्रमण हुँदा भोग्नु परेको सामजिक दुर्व्यवहारदेखि लामो दिन कोठाभित्रै बस्दाको पीडा अरु संक्रमितले भोग्न नपरोस् भनी आइसोलेसनको व्यवस्थापनका लागि आफ्नो दुई महिनाको तबलबाट ५० हजार नगद सहयोग गरेको लेखा अधिकृत सुरेस केसिले बताए।
 
उनले जम्मा गरेको रकम जिल्ला विपद् व्यवस्थापन समितिको खातामा  जम्मा गरी आइसोलेसनमा इन्टरनेटदेखि अन्य संचारका आवश्यक सामग्रीका लागि प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी कृष्णाकुमार निरौलाले बताए। लेखा अधिकृत सुरेस केसीले एक उदारणीय काम गरेको बताउँदै उनले महाविपदका बेला अन्य व्यक्तिलाई समेत सिकाइ भएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.