महामारीलाई ‘गिज्याउँदै’ राजनीतक दल

महामारीलाई ‘गिज्याउँदै’ राजनीतक दल

सुर्खेत : कोरोना महामारीमा पनि राजनीतिक भेला र कार्यक्रम गरेर दलहरुले महामारीलाई नै गिज्याउने काम गरिरहेका छन्।पछिल्ला दिनमा कर्णालीमा कोरोना संक्रमणको दर बढ्दो छ।तर पनि सुर्र्खेतमा दलबीच यही बेलामा पार्टी प्रवेश गराउने र संगठन विस्तारको होडबाजी नै चलेको छ।

कांग्रेसले आगामी महाधिवेशनलाई लक्षित गरेर जिल्लाभर भेला, जमघट र कार्यक्रम जारी राखेको छ।केन्द्रिय नेताहरुकै सक्रियतामा कार्यक्रम नै आयोजना गरेर कांग्रेसले अन्य पार्टीका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउन थालेको छ।जिल्लामा कांग्रेसका गतिविधि बढेपछि सत्तारुढ नेकपाले पनि सँगसँगै राजनीतिक गतिविधि बढाएको छ।

मुख्य दुई दलबीच कार्यकर्ता प्रवेश गराउने होडबाजीका कारण गाउँतहसम्म कोरोना संक्रमण फैलिने थप जोखिम बढेको हो।हाल कर्णालीमा सांसद, नेता र कार्यकर्ता पनि कोरोना संक्रमणबाट अछुतो छैनन्।तर पनि दलहरुले गाउँगाउँमा स्वास्थ्य मापदण्डविपरित भेला र जमघट गरिरहेका छन्।संक्रमण रोकथामका लागि भन्दै स्थानीय तह र प्रशासनले विभिन्न क्षेत्र सिल र निषेधाज्ञा गर्दै आएका छन्।तर जिम्मेवार बन्नुपर्ने राजनीतिक दलबाटै लापरबाही भइरहेको हो।

न मास्क, न सामाजिक दुरी।दलहरुले पार्टी प्रवेश गराउने र संगठन विस्तार गर्ने नाममा जोखिम बढाउने गतिविधि गरिरहेका हुन्।जिल्ला प्रशासन कार्यालयले संक्रमण फैलिने खतरा रहेको भन्दै बारम्बार दलहरुलार्इृ राजनीति गतिविधि नगर्न आग्रह गरे पनि दलले अटेर गरिरहेका हुन्।न्यूनतम स्वास्थ्य मापदण्ड नै नअपनाएर नेताहरु कार्यकर्ता भेलामा व्यस्त छन्।यसले गाउँ तहसम्म नै संक्रमण फैलिने त्रास बढेको हो।मास्क विना नै भीड जम्मा गर्ने, सामाजिक दुरी र सुरक्षा सावधानी नअपनाउँदा जोखिम बढेको हो।जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना महामारी रोकथाममा दलहरु जिम्मेवार नबन्दा समस्या भएको जनाएको छ।

‘यस्तो महामारीमा त दलहरु कोरोना रोकथाममा लाग्नु पथ्र्याे, तर जिम्मेवार नेताहरु नै संक्रमण बढाउने गतिविधिमा लाग्नु भएको छ’ प्रमुख जिल्ला अधिकार हिरालाल रेग्मीले भने, ‘सांसद र नेताहरु नै जिम्मेवार नहुँदा दलका गतिविधि रोक्न समस्या भयो ।’ महामारीको बेलामा राजनीतिक गतिविधि नगर्ने आग्रह गरे पनि दलहरुले अटेरी गरेको उनको भनाइ छ।कोरोना रोकथामका लागि राज्यले करोडौ बजेट खर्च गरिरहेको भन्दै उनले नागरिकको स्वास्थ्यमाथी खेलवाड नगर्न दलहरुलाई आग्रह गरे ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतले अब राजनीतिक गतिविधि रोक्ने जनाएको छ।कोरोना संक्रमणको दर बढेको भन्दै नेकपाले यस्तो क्रियाकलाप रोक्ने जनाएको हो।नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले भने, ‘सामाजिक दुरी र सुरक्षा सावधानी अपनाएर सामान्य छलफल मात्रै गरेका छौं, अब यस्ता क्रियाकलाप पनि रोक्छौं।संक्रमण फैलिदै गएकाले अब कार्यकर्तासँगको भेटघाट पनि रोकिन्छ ।’ 

महाधिवेशनको तयारीमा रहेको काँगेसले पनि गाउँमा भेला र जमघट गरिरहेको छ।तर उसले सुर्खेतमा पार्टीको तर्फबाट कुनै पनि कार्यक्रम नगरेको दाबी गरेको छ।काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले भने, ‘वडा तहका नेताहरुले जम्मा भएर फोटो खिच्दैमा पार्टीको कार्यक्रम भन्न मिल्दैन ।’ पार्टीले सम्पूर्ण कार्यकर्तालाई कोरोना रोकथाममा लाग्न र घरमै बस्न आग्रह गरेको उनको दाबी छ।


सुर्खेतको पञ्चपुरीमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी ।  तस्बिर : अन्नपूर्ण 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.