प्रदेश १ मा २४ घण्टामा थपिए ८६ कोरोना संक्रमित

प्रदेश १ मा २४ घण्टामा थपिए ८६ कोरोना संक्रमित

विराटनगर : प्रदेश १ मा विहीबार ८६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। थपिएका संक्रमितमा सुनसरीका २३, संखुवासभाका २२, मोरङका १६, झापाका १२, पाँचथरका ४, भोजपुरका ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

सुनसरीको इटहरीमा  ८ महिला ६ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, धरान र बर्जुमा १–१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो समय सुनसरीमा बढी संक्रमित देखिन थालेका छन्। 

यस्तै संखुवासभाको खाँदबारीमा २० पुरुष, सिलिचोङमा १ पुरुष, चिलिलामा १ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने मोरङको विराटनगरमा २ महिला ४ पुरुष,  रतुवामाईमा ३ महिला २ पुरुष, पथरीशनिश्चरेमा १ महिला १ पुरुष, कटहरी र सुनबर्षीमा १–१ पुरुष र रंगेलीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

उता झापाको शिवसताक्षीमा २ महिला ५ पुरुष, कमल गाउँपालिका र बाह्रदशीमा १–१ पुरुष, दमकमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषमा संक्रमण देखिएको छ। 

पाँचथरको फिदिममा २ पुरुष, मिक्लाजुङमा १ पुरुष, फालेलुङमा १ महिला, भोजपुरको ट्याम्केमैयुङ, भोजपुर र षडानन्दमा १–१ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, इलामको चुलाचुलीमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४९८ पुगेको छ। प्रदेश १ मा विहीबार ५ जना मात्रै डिस्चार्ज भएका छन्। हाल सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९५३ पुगेको छ। प्रदेश १ मा विहीबार १ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गरिएको छ। 

परीक्षण गरिएका मध्ये २३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हाल सम्म १ लाख ४ हजार ८४४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.