२४ घन्टामा उपत्यकामा थपिए ५७२ कोरोना संक्रमित

२४ घन्टामा उपत्यकामा थपिए ५७२ कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै ४६४ जनामा संक्रमण देखिएको थियो।

काठमाडौंका ४९५ , भक्तपुरका ३४ र ललितपुरका ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५० हजार ४६५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै १ हजार ८१ जनामा संक्रमण देखिएको थियो।

१४ हजार ४४८ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ६३४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १० जना रहेका छन्।  क्वारेन्टाइनमा ५ हजार ८०६ जना रहेका छन्। मन्त्रालयका अनुसार गत २४ घन्टामा ११ हजार १४४ पीसीआर परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा १८ सय १८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ। यो ७१ प्रतिशत हो। यस्तै आइसीयूमा १६५  जनाको उपचार भइरहेको छ भने २१ जना भेन्टिलेटरमा छन्। नेपालमा कोरोनाबाट हालसम्म ३१७ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै ५ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.