उदयपुरमा कोरोना संक्रमितको संख्या एक सय १४ पुग्यो

उदयपुरमा कोरोना संक्रमितको संख्या एक सय १४ पुग्यो

उदयपुर : उदयपुरमा थप एकजना सुरक्षाकर्मीसहित दुईजनामा कोरोना पुष्टि भएको छ । बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा ४० वर्षीय प्रहरी हवल्दार र त्रियुगा नगरपालिका ५ का २१ वर्षीय युवामा कोरोना देखिएको हो । 

उनीहरु दुवैजना त्रियुगा नगरपालिका–३ का मोतिगडास्थित क्वारेन्टाइनमा बस्दै आएका थिए । प्रहरी हवल्दार क्वारेन्टाइनको सुरक्षार्थ खटिएका थिए भने अर्का युवा भारतबाट भर्खर घर आएर क्वारेन्टाइनमा बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए । 

भदौ २२ गते उनीहरुसहित २२ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षणमा दुईजनाको रिर्पोट पोजिटिभ आएको कार्यालयले जनाएको छ । उनीहरुलाई चौदण्डिगढी नगरपालिका–६ स्थित उदयपुर कोडिभ १९ अस्पताल पठाएको तयारी भइरहेको जनाइएको छ ।

योसँगै उदयपुरमा संक्रमितको संख्या एक सय १४ जना पुगेको छ । त्यसमध्ये ३१ जना महिला ८३ जना पुरुष रहेको प्रमुख सुवेदीले जानकारी दिए । जिल्लामा कोरोना संक्रमित देखिएकामध्ये त्रियुगा नगरपालिकामामा १७ जना महिला र ५० जना पुरुष गरी ६७ जना, बेलका नगरपालिकामा ३३ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा तीनजनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्लामा हालसम्म एक हजार नौँ सय ६ महिलासहित ७ हजार ४ सय ७७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा एक हजार ८ सय ७६ महिलासहित ७ हजार तीन सय २२ जनाको रिर्पोट आइसकेको र बाँकी एक सय ५५ जनाको आउनेक्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार हाल ८ जना महिलासहित अठार जना क्वारेन्टाइनमा छन् भने १८ महिलासहित चार सय ५४ जना होम क्वारेन्टाइनमा छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.