इटहरी रंगशालामा सय बेडको आइसोलेसन बन्दै

इटहरी रंगशालामा सय बेडको आइसोलेसन बन्दै

इटहरी : इटहरीमा सात दिनभित्र सय बेडको आइसोलेसन निर्माण गरिने भएको छ । इटहरी रंगशालामा निर्मित खेल भवनहरुलाई आइसोलेसन बनाइन लागिएको हो । आइसोलेसनका लागि अहिले भवनसम्म पुग्ने बाटो पुर्ने, बिजुली, पानी लगायतको व्यवस्थापनका कामहरु भइरहेको व्यवस्थापन उपसमिति संयोजक भूपेन्द्र बरालले जानकारी दिए ।

इटहरीमा केही समयअघि क्वारेन्टाइनको व्यवस्थापन गरिए पनि आइसोलेसन भने व्यवस्थापन गरिएको थिएन । कोभिड १९ को महामारी बढ्दै गएपछि इटहरीले पनि छुट्टै आफ्नै आइसोलेसन बनाउन लागेको हो ।

बरालकाअनुसार १२ वटा शौचालय र २ वटा वाथ रुमसहितको आइसोलेसन बन्नेछ । विद्युत्, खानेपानी र शौचालयको काम तीव्र गतीले अघि बढेको छ । वाइफाई र सिसी क्यामेरा जडान गर्ने तयारी छ । 

कोरोना भाइरसको महामारीको कारण खेलहरु ठप्प भएपछि भवनलाई तत्कालका लागि आइसोलेसन बनाइन लागिएको इटहरी उपमहानगरपालिकाले जानकारी दिएको छ । प्रदेश सांसद सर्वध्वज साँवाको प्रमुख आतिथ्यमा बसेको कोभिड रोकथाम, नियन्त्रण तथा व्यवस्थापन नगरस्तरीय समितिको बैठकले आवश्यक स्वास्थ्य जनशक्तिको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहयोग मागेको छ । 

सांसद साँवाले आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख रुपैया उपलब्ध गराएको जानकारी दिए । उनले आइसोलेसनका लागि आवश्यक सहयोग प्रदेश र संघीय सरकारमार्फत् उपलब्ध गराउनेसमेत बताए । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले आइसोलेसन इटहरीका लागि आवश्यक भइसकेकोले काम तिव्र रुपमा अघि बढाउन निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.