तीन दिनदेखि वेवारिसे शव अस्पतालमा अलपत्र

तीन दिनदेखि वेवारिसे शव अस्पतालमा अलपत्र

कुश्मा : वेवारिसे अवस्थामा भेटिएको शव पहिचान नहुँदा तीन दिनदेखि पर्वत अस्पतालमा अलपत्र बनेको छ । पर्वतकै कुश्मा नगरपालिका ९ कटुवाचौपारीस्थित पाटेश्वरी मन्दिर नजिकै गत बुधबार दिउँसो भेटिएको एक पुरुषको शव आफन्तहरु सम्पर्कमा नआउँदा अस्पतालकै शवगृहमा छ। 

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार अन्दाजी ५०/५५ वर्षीय पुरुषको शप पोष्टमार्टमका लागि शवगृहमा राखिएको तर पहिचान खुल्न नसकेको र आफन्त पनि सम्पर्कमा नआएकाले पोष्टमार्टम समेत हुन सकेको छैन । 

प्रहरीले सूचना जारी गरी सम्बन्धित घरपरिवार वा आफन्त सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरीले मृतकको हुलिया समेत सार्वजनिक गरेर सम्पर्कमा आउन आग्रह गरेको हो । मृतकको साथमा कुनै कागजात, र व्यक्तिगत सामानहरु समेत नभएकाले पहिचान गर्न गाह्रो भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए । शव गन्ध आउने र छाला समेत सडिसकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.