रामेछापमा पाँच प्रहरीसहित ६ जनामा कोरोना संक्रमण

रामेछापमा पाँच प्रहरीसहित ६ जनामा कोरोना संक्रमण

काठमाडौं : रामेछापका थप पाँच प्रहरीसहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले १ महिला र ५ पुरुषमा आज कोरोना पुष्टि भएको जानकारी दिए।

थापाका अनुसार मन्थली नगरपालिका-१ की ८६ वर्षीया महिला र  जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत २७,२७,३४,३८,४७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

यस अगाडि भदौ १९ गते तामाकोशी अस्पतालका एक महिला कर्मचारी र पाँच जना प्रहरीमा कोरोना पुष्टि भएको थियो। त्यसपछि कन्ट्रयाक ट्रेसिङको क्रममा भदौ २३ गते जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासत/थुनामा रहेका दुई जना, तीन जना प्रहरी र प्रहरीको श्रीमतीमा पनि कोरोना पुष्टि भएको थियो। 

संक्रमण देखिएपछि भदौ २३ गते २७ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो। उनीहरुमध्ये  शनिबार ६ जनामा कोरोना संक्रमण देखिएका हो। योसँगै जिल्लाबाट स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ हुनेको संख्या ५५ पुगेको छ।

थापाका अनुसार जिल्लामा सक्रिय संक्रमितमध्ये ४ जना होम आइसोलेसन, २ जना प्रहरी हिरासतमा, २ जना प्राथमिक स्वास्थ्य केन्द्र र १० जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा उपचाररत छन्। प्रहरी हिरासतमा रहेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासहित अर्का एक जनामा कोरोना देखिएको थियो।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार शनिबारसम्म रामेछाप जिल्लामा १३२९ जनाको स्वाब संकलन गरिएको छ। जनस्वास्थ्य अधिकृत थापाका अनुसार जिल्लामा संकलन गरेर पठाइएको स्वाबमध्ये १२७४ जनाको कोरोना नेगेटिभ आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.