शिक्षकबाट अपांग बालिका बलात्कृत : पैसामा मिल्न दबाब
इटहरी : अपांग छोरी बलात्कार गर्ने छिमेकी डेढ महिनासम्म पनि पक्राउ नपरेपछि बालिकाकी आमाले न्याय पाउनेमा शंका व्यक्त गरेकी छिन् । छोरी बलात्कार गर्ने व्यक्ति चाँडै पक्राउ गरी कारवाही गर्न उनले माग गरेकी छिन् ।
लामो समयसम्म प्रहरीले नियन्त्रणमा लिन नसक्दा आफूमाथि विभिन्न दबाबसमेत बढेको उनले गुनासो गरिन् । 'पैसा दिन्छौं, मिल भन्दै विभिन्न मान्छेले दबाब दिइरहेका छन्, ' उनले भनिन्, 'तर कारवाही नै होस् भन्ने माग छ ।'
भतिजो ज्वाइसमेत पर्ने ढकालले शारीरिक अशक्तताको मौका छोपेर बलात्कार गरेको उनको आरोप छ । घटनाबारे गाउँ समाजमा कुरा फैलिएपछि छोरीले आत्महत्या गर्ने कोसिस गरेको र मानसिक रुपमा समेत पीडित बनेको आमा बताउँछिन् । घटनाको तेस्रो दिन दिउँसो ती बालिका नजिकैको खोलामा भिजेको अवस्थामा भेटिएकी थिइन् ।
'पेट बढ्छ भनेर डर लाग्यो त्यसैले मर्न भनेर गएँ,' बालिकाले इशाराले अन्नपूर्णकर्मीलाई बताइन् । सोही दिन प्रहरीमा उनको मुद्धा दर्ता गरिएको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख कैलाश अधिकारीले जानकारी दिए ।
पीडित बालिका र उनको परिवार पीडकलाई जतिसक्दो छिटो कारवाही गर्नुपर्ने पक्षमा छ । 'पैसामा नमिल्ने, हत्कडी लागोस्,' बालिकाले संकेतबाटै भनिन् । तर एक महिनादेखि फरार रहँदा न्याय नपाइने हो कि भन्ने डर लागेको छ।' नेपाल झिकाएर कानुनअनुसार कारवाही हुनुपर्ने उनीहरुको माग छ ।
ती शिक्षक यसअघि पनि दुव्र्यवहारका घटनामा मुछिएको बताइएको छ । इटहरी र नजिकै रहेको झुम्का बजारका स्कुलले काम नदिएपछि इनरुवाका स्कुलमा पढाउने गर्थे । इनरुवाका स्कुलमा पनि छात्रालाई गाला चिमोट्ने, जे पायो त्यही भन्ने गरेको विद्यार्थीले बताएको स्थानीय शिक्षक सरोज बरालले भने ।
प्रहरी निरीक्षक अधिकारीले भने ढकालको खोजि भइरहेको जानकारी दिए। ती फरार शिक्षकले मोबाइल बोकेको नहुँदा लोकेसन ट्रयाक गर्न समस्या भइरहेको उनको भनाइ छ ।