बाल दिवसमा माछाको खोजिमा बालबालिका (फोटो फिचर)
झापा : आज बाल दिवस। 'विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता' भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस भर्चुअलरूपमा सोमबार मनाइँदै छ । कोरोना कहरबीच पनि प्रविधिको पहुँच भएका बालबालिकाहरु पढाइमा व्यस्त छन्।
तर, तराईका ग्रामिण भेगका बालबालिका भने यतिबेला खोला, नहर र खोल्सामा माछा मार्दै दिन बिताइरहेका छन् । इन्टरनेट र वैकल्पिक शिक्षामा उनीहरुको पहुँच नपुगेपछि खोला खोल्सामा दिन कटाइरहेका छन्। जसका कारण उनीहरुको भविष्य अन्यौल बनेको छ।
विपन्न परिवारका यी बालबालिकाहरु दिनभरी यिनै खोला नहरमा माछा मार्छन्। त्यही माछा बिक्रीबाट आएको रकमले आफू र परिवारको पेट पाल्न विवश छन्।