ट्रकको ठक्करबाट क्रिकेटर ललितसिंह घाइते, थप उपचारका लागि काठमाडौं ल्याइँदै

ट्रकको ठक्करबाट क्रिकेटर ललितसिंह घाइते, थप उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौं  : नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारी ट्रकको ठक्करबाट घाइते भएका छन्। आइतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकको ठक्करबाट उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो।

उनलाई धनगढीस्थित 'निसर्ग अस्पताल' मा सामान्य उपचारपश्चात गएराति नै बाकेस्थित 'नेपालगन्ज मेडिकल कलेज' मा रिफर गरिएको थियो। उनको त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका लागि ल्याउँदै गरेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

‘नेपाली राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारी हिजो कन्चनपुरस्थित झलारीमा मोटरसाइकल दुर्घटना परी घाइते भएका थिए’, विज्ञप्ति जारी गर्दै चन्दले भनेका छन्, ‘अस्पतालका उपचारमा संलग्न हुने सम्पूर्ण डाक्टर एवम् मेडिकल टिमलाई उपचारमा सक्रिय सहयोग गरिहिुन अनुरोध गर्दछु।’ 

अध्यक्ष चन्दले ललितको उपचारका लागि क्रिकेट संघले समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै उनले सम्पूर्ण सरोकारवाला निकायलाई समेत सहयोगको लागि अनुरोध गरेका छन्।

२४ वर्षीय ललितले सन् २०१८ को अगस्टमा नेदरल्यान्ड्ससँगको एकदिवसीय क्रिकेट खेलेका थिए। सो खेलमा उनले नेपालका लागि २ विकेट लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.