राउटे बालबालिकाले मनाए बाल दिवस

राउटे बालबालिकाले मनाए बाल दिवस

दैलेख : कर्णाली प्रदेशका दैलेख सुर्खेतका जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदायका बालबालिकाले बाल दिवस मनाएका छन्। नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिने राउटे समुदायका बालबालिकाहरुले पछिल्लो तीन वर्षदेखि बाल दिवस मनाउँदै आएका हुन्। 

आफ्नो हक अधिकारको बारेमा जानकार नभएपनि राउटे समुदायका बालबालिकाहरुले बस्तीमै दिवस मनाएका हुन्। राउटे समुदाय हाल दैलेखको गुराँस गाउँपालिका–८ धानचौरमा बसोबास गर्दै आएका छन्। दिवसका अबसरमा राउटे समुदायका बालबालिका तथा महिलाहरुलाई कपडा तथा सरसफाईका सामग्रीहरु समेत वितरण गरिएको छ।


एईआईएन लक्जेम्वर्गको सहयोग, गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले राउटे समुदायका नागरिकहरुले लगाउने कोरा कपडा, छिट लुंगी, छिट चोलो, कपडा धनु साबुन, नुहाउने साबुन र मास्क लगायतका सामग्रीहरु वितरण गरेको संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार समिति संयोजक सिता रानाले बताइन्। आफूहरु लोपोन्मुख राउटे समुदाय र विशेष गरी महिला र बालबालिकाको अधिकार सुनिश्चित गर्न लागि परेको रानाको भनाई थियो। 

दिवसका अवसरमा बस्तीमै रमाएका राउटे बालक दिपक शाहीले आफुहरुलाई आफ्ना अधिकारबारे जानकारी नभएको बताए। अधिकारबारे जानकार नभएपनि बाल दिवसमा रमाउन पाउँदा खुसी लागेको उनको भनाई छ। राउटे समुदायका महामुखिया महिनबहादुर शाहीले आफुहरु विस्तारै परिवर्तन हुँदै जाने बताए। ‘भन्ने बित्तिकै हामी कहाँ परिवर्तन हुन्छ र ? उनले भने ‘विस्तारै विस्तारै हुन्छ।’ हाल राउटे समुदायको जनसंख्या एक सय ५० जना छ। ती मध्ये ७४ जना बालबालिका छन्।

राउटे जाति दक्षिण एशियाको एक मात्र भ्रमणशील र फिरन्ते जाती हो। आफूलाई वनको राजा भन्न रुचाउने राउटे नेपालको नागरिक हौं भनेर गाथा गाउँछन्। कर्णाली प्रदेशका जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदाय स्वार्थ विहीन छन्। नेपालको नागरिकता नलिएपनि नेपाली नागरिक हौं भनेर गौरव गर्छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.