प्रदेश र स्थानीय तहका समायोजन भएका कर्मचारी मतदान गर्न पाउने
काठमाडौं : आधिकारिक ट्रेड युनियनको निर्वाचनमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले मतदान गर्न पाउने भएका छन्। कार्यालय प्रमुखबाहेक संघ, प्रदेश, स्थानीय तहमा समायोजन भएका श्रेणीविहिनदेखि आठौ तहका अधिकृतस्तरसम्मका कर्मचारीले मतदान सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन निर्वाचन २०७७ को प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा,सर्त र सुविधासम्म कानुन नबनेको हुँदा समायोजन भएका कर्मचारीले मतदान सहभागी हुन पाउने व्यवस्था गरेको जनाएको छ। तर २०७५ सालपछि लोकसेवा आयोगले छनौट भइ स्थानीय तहमा पदस्थापना भएका ९ हजार बढी कर्मचारी मतदानबाट बञ्चित गरेको छ।
स्वास्थ्य सेवाका कर्मचारीको हकमा भने स्पष्ट व्यवस्था नगरिएको नेपाल स्वास्थ्यकर्मी संघको पूर्व सहअध्यक्ष ओमप्रसाद उपाध्ययले बताए।
निर्वाचनको आयोगको सूचना