‘विकास’कै कारण डुब्न थाल्यो बराहक्षेत्र

‘विकास’कै कारण डुब्न थाल्यो बराहक्षेत्र

इटहरी : सप्तकोशी नदीको बाढी र कटानको कारण जोखिममा रहेको बराहक्षेत्र नगरपालिका पछिल्लो समय साना खोलाहरुकै कारण जलमग्न हुन थालेको छ । बढ्दो सहरीकरण, सडक निर्माण तथा विभिन्न भौतिक संरचना निर्माणले पानी जम्दा बाढीको रुप लिन थालेको स्थानीय बाबुराम कार्कीले बताए । ‘पहिला कहिल्यै नदेखिएको बाढी यो वर्ष देखिएको छ,’ उनले भने ।

बराहक्षेत्रको २, ५, ६, ७, ८ वडा हरुमा डुबानले बढी असर गरेको छ । बराहक्षेत्रको गहने खोलाको बाढी यो पटक वस्ती पसेको छ । वडा नं. २, ६, ७ र ८ हुँदै बग्ने खोलाको बाढीले धानबाली डुबाउनुका साथै केही घरहरु डुबाएको छ ।

बराहक्षेत्र–६ का कृषक ज्ञानबहादुर कटुवालको एक विगाह खेत डुबानमा पर्यो । नगरपालिकालाई पानीको निकास गरिदिन एक महिना अगाडि १२५ जनाको संयुक्त निवेदन दिएपनि सुनुवाई नहुँदा घर खेत डुबेको उनी बताउछन् ।

गहने खोलामा कल्भर्ट हालेपछि पानी छरिएर बग्न नपाउँदा क्षति भएको उनको भनाइ छ । बराहक्षेत्र–७ की चित्रकुमारी कार्कीको खेतमा लगाएको धानबाली बालुवाले पुरिदियो । ‘पसाउने बेलाको धान मासियो,’ उनले भनिन्, ‘प्रत्येक वर्ष अलिअलि बाढी आउँथ्यो, यो पटक त अति नै ग¥यो।’

बराहक्षेत्र ५ कालाबन्जारका प्रायः घरहरु यो वर्ष डुबेका छन् । जंगल टोल, उराँव टोललगायतका क्षेत्र जलमग्न हुँदा घरहरु डुबेका छन् । खोला मिचेर घरहरु बन्न थालेपछि खोला बस्ती पसेको हो । 
स्थानीय अमित अधिकारीको हार्डवेयर पसलमा बाढी पसेर पाँच लाख रुपैयाँ बढीको क्षति भयो। ‘यसअघि पसल डुबाउने गरी कहिल्यै बाढी आएको थिएन,’ उनले भने, ‘बाटो र ढल निकास सही नहुँदा यस्तो भयो ।’ 
बराहक्षेत्र ६ र ७ पनि डुबेको छ ।

बराहक्षेत्रमा रहेको २ हजार ८ सय हेक्टर खेति योग्य जमिनमध्ये ८५ प्रतिशतमा धान खेती हुने गरेको नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ । नगर कृषि शाखाले डुबानले क्षति भएको धान बालीको स्थलगत अनुगमनसमेत गरेको छ ।बराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगरले बाढीले बाढीले प्रभावित क्षेत्रहरुको सूची तयार पारी योजना बनाउन थालेको जानकारी दिइन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.