कालिकोटमा कोरोनासम्बन्धी सचेतना

कालिकोटमा कोरोनासम्बन्धी सचेतना

कालिकोट : जिल्लामा कोरोनासम्बन्धी सचेतनासहित जनस्वास्थ्यका मापदण्डहरु पूरा गर्न नागरिकलाई सचेत बनाउने अभियान थालिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले पछिल्लो समयमा सर्बसाधारणद्वारा जनस्वास्थ्यका मापदण्ड उलंघन गर्ने जस्ता लापरवाही बढेपछि नागरिकलाई सचेत बनाउने अभियान थालिएको हो । 

जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी चक्रबहादुर शाहाले जिल्ला सदरमुकाम बजारमा कोरोना भाइरससम्बन्धी सचेतनासहित यसबाट जोगिने उपायहरु प्रहरीले माइकिङ गर्ने गरेको बताए । 

उनले पछिल्लो समयमा स्थानीयले मास्कको प्रयोग नगर्ने, बजार क्षेत्रमा भीड लाग्ने जस्ता गर्ने नहुने क्रियाकलाप गर्न थालेपछि सचेत बनाउन प्रहरीले बजार क्षेत्रमा दैनिक रुपमा माइकिङ गर्दै आएको छ।

उनका अनुसार प्रहरीले कोरोनाबाट आफू पनि बचौँ, अरुलाई पनि बचाऊ, भीडभाड र मेला प्रर्वमा सहभागी नहौँ, हरेक व्यक्तिले कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गरौँ, साबुनपानीले मिचिमिचि हात धुने बानी बसालौँ, अनिवार्यरुपमा मास्क र सेनिटाइजरको प्रयोग गरौं, नागरिक अनुशासन कायम गरौंजस्ता नाराहरु माइकिङ गर्दै बजार क्षेत्र दैनिक घुम्ने गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख शाहाले भने, 'हामी पहिलो चरण नागरिकहरुलाई सचेत बनाउने अभियानमा छौँ । प्रहरीले गरेको आग्रहलाई अटेर गरे कानुन बमोजिम कारवाही गर्छौ । जिल्ला कोभिड १९ संकट व्यवस्थान केन्द्रको निर्णय अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाँउगाँउमा प्रहरीले कोरोना सम्बन्धी सचेतना जोगाउने पनि गर्ने गरेको छ ।'

कालिकोटका प्रम'ख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएसँगै जनस्वास्थ्यका मापदण्डहरु पूरा गर्न सबैलाई जिम्मेबार बन्न आग्रह गरिएको बताए । उनले कोरोनाको संक्रमण रोक्न जिल्लाका राजनीतिक दल, नागरिक समाज, स्थानीय सरकार सबै पक्षसँग छलफल गरी कोरोनाबाट जोगिने उपायका विषयमा गाउँ बस्तीमा समेत सचेतना फैलाउने गरिएको बताए । 

जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनीपाल शाहीले गाँउमा हुने स्थानीय मष्टो देवताका पर्वहरु पनि यस वर्ष नमनाउने र मेला आयोजना नगर्न स्थानीय पालिकासँग पनि समन्वय गरिएको बताए ।

उनले मेला, जात्रा र पैठमा कोरोना संक्रमण फैलिने जोखिम हुने भएकाले यसप्रति सजक बन्न सबै पालिकालाई निर्देशन दिइएको बताए । उनले भने, 'जिल्ला समन्वय समितिले सबै सरोकारवालालाई बोलाएर बैठक बसी कोरोनाको जोखिम बढाउने गतिविधि नगर्न आग्रह गरिएको छ । केही व्यक्तिको लापरवाहीका कारण सबैले जोखिम बहन गर्नुपर्ने अवस्था छ । आम सरोकारवाला र नागरिक जिम्मेबार नबने समस्या आउन सक्छ।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.