महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना
ललितपुर: ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सामाजिक संजाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन्। श्रेष्ठले आफूसँग सम्पर्कमा रहेका सबैलाई पीसीआर चेक गर्न र सजगता अपनाउन अनुरोध गरेका छन् ।
जनताको सेवामा अहोरात्र खटिँदै आएको र कामको सिलसिलामा कोरोना पुष्टि भएको बताएका छन् । उनले कोरोना जितेर आफू चाँडै फर्किने विश्वास लिएका छन्।