कर्मचारीमा कोरोना देखिएपछि नलगाड नगरपालिका 'सिल'
जाजरकोट : कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जाजरकोटको नलगाड नगरपालिका एक हप्ताका लागि सिल गरिएको छ । नगरपालिकाका तीनजना कर्मचारीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि आगामी असोज ५ गते सम्मका लागि नगरपालिका सिल गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिंहले बताए ।
संक्रमित कर्मचारीलाई आइसोलनमा राखेर उपचार गरिएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै एक हप्ताका लागि नगरपालिकाको सबै कामकाज बन्द गरिएको उनले बताए । जाजरकोटमा हाल सम्म ६४ जना कोरोना संक्रमण भएको छ ।
त्यसमध्ये ५६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकीले विभिन्न आइसोलेसनमा उपचार गराइरहेका छन् ।