करेन्ट लागेर तीन बालबालिकाको मृत्यु

करेन्ट लागेर तीन बालबालिकाको मृत्यु

दाङ : करेन्ट लागेर तीनजना बालबालिकाको मृत्यु भएको छ। 

कुलामा नुहाउँदै गरेका अवस्थामा पानीमा करेन्ट लाग्दा घोराही उपमहानगरपालिका- १० उत्तर अमराईका १० वर्षीया बालिका रेणुका चौधरी, ८ वर्षीय बालक प्रशान्त चौधरी र ३ वर्षीय बालक अमृत चौधरीको मृत्यु भएको हो। 
    

नजिकै एक घरमा मरेको मान्छेको शुद्धशान्तिका क्रममा कुलोबाट पानी तान्नलाई मोटर जोडेको अवस्थामा पानीमा करेन्ट प्रवाह हुँदा तीन बालिकाहरुको मृत्यु भएको दाङ प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिए। 

पानी तान्ने मोटर र घरधनीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको खड्काले बताए। एकै गाउँका तीनजना बालिकालाई करेन्ट लागेर मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.