दोलखामा तत्काल लामोदूरीका ५० बस संचालनमा आउने

दोलखामा तत्काल  लामोदूरीका ५० बस संचालनमा आउने

दोलखा : सरकारले बिहीबार अर्थात असोज १ गतेदेखि लामोदूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै दोलखाका २ यातायात समितिद्वारा तत्कालका लागि ५० वटा गाडी सञ्चालन गर्ने भएका छन् ।

यात्रु सुरक्षाको न्यूनतम प्रवन्ध मिलाएर रोल्वालिङ र अरनिको यातायात समितिले तत्कालका लागि ५० वटा गाडी सञ्चालनमा ल्याउने जनाएका हुन् । असोज १ गते विश्वकर्मा पूजा पनि रहेको र लामो समयदेखि थन्किएर बसेको बसमा आंशिक मर्मत गर्नुपर्ने र यात्रुहरुको चापको आधारमा गाडी संख्या थप्दै जाने दुबै समितिको योजना छ ।

यात्रुलाई प्रत्येक पटक बसभित्र चढ्दा मास्कसहित अनिवार्य स्यानीटाइजर लगाइ तत्कालका लागि राजधानीबाट ५ वटा र जिल्लाबाट ५ वटा गाडी आवतजावत गराइने रोल्वालिङ यातायात समितिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । यात्रुको चापको आधारमा गाडी थप्दै जाने योजना रहेको अध्यक्ष आचार्यले बताए ।

तत्काललाई नियमित जसरी सवारी नचलाइने तर राजधानीबाट २० र चरिकोटबाट २० वटा गाडी आवतजावत गराइने अरनिको यातायातका चरिकोटस्थित कर्मचारी रविन चौलागाईले जानकारी दिए । १५ जना यात्रु हुने वित्तिकै गाडील गन्तव्यतर्फ पठाइने योजना रहेको उनले बताए ।

रोल्वालिङ र अरनिको यातायातले बर्दिबास र काँकड भित्ताका लागि पनि बिहीबारबाट एक–एकवटा गाडी पठाउने तयारी गरेको जनाइको छ । सरकारले लामो दूरीका सवारी साधनले स्वास्थ्य मापदण्ड पूरा गरेर ५० प्रतिशत मात्र यात्रु बोक्न र भाडा पनि ५० प्रतिशत बढी लिन पाउने गरी निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.